#
|
|
काठमाडौं, २९ असार । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकारबाट हात झिकेपछि आठ मन्त्रालय खाली भएका छन् ।

कांग्रेसको लहै लहैमा लागेर माओवादीले अविश्वासको प्रस्ताव दर्ता गरेको घटना सेलाउन नपाँउदै प्रधानमन्त्री ओलीले खाली रहेका मन्त्रालयमा केही मन्त्रीलाई थप जिम्मेवारी दिएका छन् ।
माओवादी मन्त्रीहरुको तर्फबाट उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले प्रम ओली समक्ष बुधवार सामुहिक राजीनामा बुझाएका थिए । नयाँ जिम्मेवारीमा
केपी.शर्मा ओली प्रधानमन्त्रीः सामान्य प्रशासन
बिजय कुमार गच्छादारः उपप्रधानमन्त्री बन तथा भुसंरक्षण
भिमबहादुर रावलः उपप्रधानमन्त्री गृह
बिष्णु प्रसाद पौडेलः मन्त्री उर्जा
दिपक बोहोराः मन्त्री आपूर्ती
अग्नि प्रसाद खरेलः मन्त्री शिक्षा
रामकुमार सुब्बाः मन्त्री सिंचाई
शान्ता मानवीः मन्त्री कृषि ।
Comments[ 0 ]
Post a Comment