#
|
|

चन्द्रमामा पहिलोपटक पाइला टेक्ने दोस्रो अन्तरिक्ष यात्री बज एल्ड्रिन सुनसरीको शान्तिवनमा आयोजना हुने कार्यक्रममा सहभागी हुन नेपाल आउँदैछन् ।
सुनसरीमा रहेको शान्ति वनको पहलमा उनि आज नेपाल आउन लागेका हुन।
आज काठमाडौं आइपुग्ने बज भोली सुनसरीको शान्ति वन पुग्ने र २ घण्टा प्रवचन दिने कार्यक्रम रहेको शान्तिवनका सञ्चालक दिलिप अधिकारीले बताए ।
बजको सुरक्षाका लागि सुनसरीमा २ सय भन्दा बढी सशस्त्र र नेपाल प्रहरी परिचालनको तयारी गरिएको आयोजकले जनाएको छ । उनिसंगै नासाका पदाधिकारीहरू पनि नेपाल आउँदैछन ।
बजका छोरा डाक्टर एन्ड्रिउ एल्ड्रिन मंगलग्रहमा वस्ती बसाउने कार्यक्रमका अध्यक्ष छन्। नासाका प्राविधिक विशेषज्ञ एलिजावेथ लेव्लेन र रकेट बनाउने लक्हिड मार्डिन कम्पनीका म्यानेजर जोसेफ लेवेलेन्स भने शुक्रबार नै नेपाल आइसकेका एभरेष्ट साइन्स सेन्टरले जनाएको छ ।
Comments[ 0 ]
Post a Comment