#
|
|
नेपलगन्जको धम्बोझी चोकमा राष्ट्रवादी युवाहरूको समूहले बिहीबार राखेको पूर्वराजा विरेन्द्रको शालिक प्रहरीले क्रेनको साहयताले राति २ बजे हटाएको छ। प्रहरीले शालिक हटाउन खोज्दा अवरोध गरेको भन्दै राष्ट्रवादी युवा समूहका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विरेन्द्रको शालिक हटाएपछि उक्त स्थानमा प्रहरीले नेपालको राष्ट्रिय झन्डा राखेको छ। यसअघि पनि यहाँ राष्ट्रिय झन्डानै राखिएको थियो। राष्ट्रिय झन्डा फेर्ने भनेर प्रहरीलाई झुक्काएर राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल सर्मथक युवाहरूको समूहले राजा वीरेन्द्रको शालिक राखेका थिए। राष्ट्रवादी युवा समूहले पूर्वराजाको शालिक राखेपछि प्रहरी र युवाहरुबिच केहीबेर झडप समेत भएको थियो। राजाको शालिक हटाएको र आफ्ना १० जना कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको राप्रपा नेपाल नेपालगन्जले विरोध गरेको छ ।
नेपागन्जको धम्बोझी चोकमा अप्रिय घटना हुन नदिन जिल्ला प्रहरी कार्यालय बाँकेले ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ। उक्त चोक वरपर आवतजावत गर्ने मानिसहरुमा प्रहरीले बिशेष निगरानी पनि राखेको छ ।
Comments[ 0 ]
Post a Comment