#
|
|

उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियालाई कुनै प्रकारको सैनिक उत्तेजना प्रदर्शन नगर्न सचेत गराएको छ । कोरियाली सार्वभौम भूमिमा कुनै प्रकारको सैनिक उत्तेजना देखाउन खोजे उसकै शब्दमा “अमेरिकी साम्राज्यवाद र उत्तर कोरियाली कठपुतली” लाई प्रौतिहासिक बदला लिने चेतावनी दिएको हो ।
अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्वीपमा २ साता लामो संयुक्त सैनिक अभ्यास थालेपछि उत्तर कोरियाबाट यस्तो चेतावनी आएको हो । यो अभ्यासमा ५० हजार कोरियाली र ३० हजार अमेरिकी सेना सहभागी छन् ।
आणविक युद्धका युद्ध पिपासुहरुलाई जस्तो सुकै अवस्थामा पनि सवक सिकाउन तयार रहेको चेतावनी दिँदै उत्तर कोरियाले आणविक हतियारले बदला लिने चेतावनी दिएको हो ।
उत्तर कोरियाको आणविक बमको परीक्षण, रकेट लञ्च र मिसाइल प्रहरको पृष्ठभूमिमा दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैनिक अभ्यास थालेका छन् ।
कोरियाली प्रायद्वीपमा घटनाहरु नाटकीयरुपमा बदलिरहन्छन् । साना साना कुरामा २ कोरियाबीच युद्धकै स्तरको झगडा र ब्यवहार शुरु हुन्छ । यद्यपी उत्तर कोरिया जति आक्रामक दक्षिण कोरिया देखिँदैन कम्तिमा बोलीमा ।
उत्तर र दक्षिण कोरियाबीच १९५० को दशकमा भिषण युद्ध भएको थियो । उक्त युद्धपछि यी दुइ देशबीच कुनै शान्ति सम्झौता नभएका कारण यी दुइ देश अझै पनि प्राविधिकरुपमा युद्धमै छन् ।
Comments[ 0 ]
Post a Comment