#
|
|
काठमाडौं, ७ भदौं । डिएसपी र उप–सचिवलाई कफिसँगै दश लाख थमाउन खोज्दा यसरी समातिए एक व्यक्ति नयाँ शक्तिका जिम्मेवार नेता रहेको पाइएको एक व्यक्ति नयाँ शक्तिका जिम्मेवार नेता रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग फन्दामा परेका सोलुखुम्वुका सोनाम छिरिङ शेर्पा नयाँ शक्तिको ९९ सदस्यीय केन्द्रीय कार्यकारीणी समितिमा उनी सदस्य रहेको छन् । नयाँ शक्तिको ९९ सदस्यीय सूचिमा उनको नाम ७३ नम्वरमा छ ।
पार्टीका सचिवालय सदस्य पासाङ शेर्पा मानव तस्करी प्रकरणमा जाडिएको समाचार सार्वजनिक भए लगत्तै शेर्पा विवादमा मुछिएका हुन् । नयाँ शक्तिको औपचारिक घोषणापूर्व नयाँ शक्तिमा प्रवेश गरेका थिए । त्यति मात्र होइन, शेर्पाले पुर्व स्थानीय विकास राज्यमन्त्री नरबहादुर बुढालाई यसैसाता नयाँ शक्तिमा प्रवेश गराउने तयारी गरेका थिए । बुढा आइतवार भएको अख्तियारको अप्रेशनमा भाग्न सफल भएका थिए । त्यसपछि उनलाई रंगेहात पक्राउ गर्ने अख्तियारको योजना असफल भएको थियो ।
आइतवार नयाँ शक्तिका नेता शेर्पा र उनका छोरा तथा गोकर्णेश्वर नगरपालिका–१३ स्थित जोरपाटीमा अवस्थीत बुद्ध एकेडेमी आवासिय विद्यालयका अध्यक्ष सोनाम वाङ्छेन शेर्पा पक्राउ परेका थिए । पक्राउ परेका शेर्पा राप्रपाबाट ०५१ र ०५६ सोलुखुम्वुबाट चुनाव लडेका थिए । ०५६ पछि राजेश्वर देवकोटाले खोलेको पार्टीमा गएकाथिए । ०७० को दोस्रो संविधानसभा चुनावम स्वतन्त्र उम्मेद्वार भएर लडेका थिए ।
उनले काठमाडौंको रामहिटी भन्ने ठाँउमा करिव तीन करोडको घर किनेका थिए । अहिले दुई वटा गाडी छ । नियमित आम्दानी भने केही नरहेको उनका नजिककाहरुले बताएका छन् । स्रोतका अनुसार पूर्वमन्त्री बुढासँग मिलेर उनले ठेक्कापट्टटादेखि दलालीसम्मका काम गर्थे । यस विषयमा नयाँ शक्तिको धारणा बाहिर आएको छैन । नयाँ शक्तिका नेताको प्रतिक्रिया आएपछि समेटने छौँ ।
Comments[ 0 ]
Post a Comment