#
 
 | 
 | 

आतङ्ककारी समूह इस्लामिक स्टेट्स (आईएस) ले इराकको मोसुलमा ४० जना सर्वसाधारणको टाउको छिनाएर हत्या गरेको समाचार छ ।
उनीहरूले उनीहरूका विरुद्ध षड्यन्त्र गरेको भन्ने आरोपमा उनीहरूको टाउको छिनाएर हत्या गरेको आइतबार प्राप्त समाचारमा जनाइएको छ ।
इराकको निनभेह प्रान्तको राजधानी मोसुलका ती सर्वसाधारणले आईएसको कानुनको उल्लङ्घन गरेको र उनीहरूका विरुद्धमा षड्यन्त्र गरेको आरोप आईएसले लगाएका छन् ।
आईएसका लडाकूले हत्या गरिएका ती शव मोसुलमा रहेको एक अस्पतालमा बुझाएका थिए । शवसँगै मारिएका ती व्यक्तिको नामावली पनि उनीहरूले बुझाएको सो अस्पताल स्रोतले जानकारी दिएको छ ।
उर्जामन्त्रीको ठाडो निर्देशनमाः महसुल नतिर्नेको लाइन काटियो (विवरण सहित)
मारिएका व्यक्तिमध्ये अधिकांशको टाउको छिनाइएको छ भने बाँकीको पनि टाउकोमा नै गोली हानिएको छ ।
आइतबार सो अस्पतालले सो जानकारी दिएको हो । यस विषयमा सरकारको कुनै जानकारी आएको छैन । रासस÷सिन्ह्वा
 
Comments[ 0 ]
Post a Comment