#
|
|

यमनबाट साउदी अरेवियाका दुई शहरमा प्रहार गरिएका दुई ब्यालेस्टिक मिसाइललाई इन्टरसेप्ट गरिएको साउदी सेनाले जानकारी दिएको छ ।
साउदी सेनाले एक विज्ञप्ति जारी गर्दै मिसाइल अवतरण हुन नदिइएको जानकारी गराएको हो ।
साउदी सेनाका अनुसार बुधबार दिउसो यमन पट्टीबाट अरबको आभा र खामिस मुतैश नामक शहरलाई लक्षित गरेर मिसाइल प्रहार गरिएको थियो ।
यो मिसाइल अवतरण गर्न नपाएका कारण कुनै दुख्द घटना नभएको समाचारमा जनाएको छ ।
यमनमा हाउथी नामको शिया विद्रोही लडाकु समूह सक्रिय छ । यी विद्रोहीसँग सोभियत कालका स्कड मिसाइल रहेको छ । यमनको सेनाबाट विद्रोहीहरुले यी मिसाइल लिएका थिए ।
साउदी नेतृत्वको गठबन्धन सेनाले हाउथी विद्रोही विरुद्ध युद्ध जारी राखेको छ । साउदीले अन्तराष्ट्रिय समर्थन प्राप्त गर्नका लागि संघर्ष गरिरहेको छ ।
यमनमा शान्ति वार्ता असफल भएपछि मंगलबारदेखि साउदी सेनाले हवाइ आक्रमण शुरु गरेको थियो । यसकै विरोधमा हाउथी विद्रोहीहरुले साउदीमा मसाइल हानेका हुन् ।
Comments[ 0 ]
Post a Comment