| #   |  | 
नयाँदिल्ली: यो एउटा नियोजित संयोग मात्रै हो, त्यसको अलाबा अरु केही पनि होइन । भारतको राजधानी नयाँ दिल्लीमा एयर होस्टेस शाकम्भरी जुत्शीले बिहीबार साँझ एक चिहानमा मुस्कुराउँदै आफ्नो फोटो फेसबुकमा हालिन् । शुक्रवार बिहानै सडक दुर्घटनामा उनको ज्यान गयो ।
शाकम्भरी एयर इन्डियामा एयरहोस्टेस थिइन् । एयर इन्डिया कोलोनीमै उनी बस्थिन् । दिल्ली एयरपोर्ट गइरहेका बेला उनी दुर्घटनामा परिन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीकै वसन्त कुञ्जको रजोकरीमा उनी सवार कारलाई ट्रकले ठक्कर दियो ।
पुलिस तत्कालै घटनास्थलमा पुग्यो । ट्रकले ठक्कर दिएको ठाउँमा अन्य गाडी पनि क्षतिग्रस्त थिए । पुलिसले घाइतेहरुलाई तत्कालै स्पाइनल इन्जुरी सेन्टरमा लग्यो । ३६ वर्षीय शाकम्भरीको त्यहीँ मृत्यु भयो ।
शाकम्भरीले बिहीबार साँझ फेसबुकमा एक तस्बिर हालेकी थिइन् । जुन फोटोको पृष्ठभूमिमा एक चिहान देखिएको थियो । उनी एक बेन्चमा बसेकी थिइन् । उनले मुस्कुराउँदै पछाडि हेरिरहेकी थिइन् ।
उनले चिहान अगाडि खिचेको फोटोमा कमेन्ट गर्दै उनका साथीहरुले धेरै सुन्दर देखिइरहेकी छौ भनेका थिए । केहीले उनको मुस्कान साह्रै प्यारो देखिएको भन्दे कमेन्ट गरेका थिए ।
उनका केही साथीहरुले यही फोटोमा चिहानको फोटो आफूहरुलाई मन नपरेको पनि बताएका थिए । र, उनीहरुलाई शाकम्भरी चिहान भएको स्थानबाट अन्यत्र जान पनि सुझाएका थिए ।
तर शुक्रबार उनको ज्यान गएपछि साथीहरु त्यही फोटोमा ‘हार्दिक श्रद्धाञ्जली (रिप) लेखिरहेका छन् ।
 
Comments[ 0 ]
Post a Comment