#
|
|
प्रधानमन्त्रीनिवास वालुवाटारमा सयौँ सुरक्षाकर्मीको घेरामा बस्ने पुष्पकमल दाहाल प्रचण्डसंग लाजिम्पाटको सुविधासम्पन्न घर पनि छ। अहिले उनी भौतिक दु:खमा छैनन। तर, केही वर्षअघिसम्म यी नै प्रचण्ड ८ हजार रुपैयाँ जुटाउन नसकेर श्रीमती सीतालाई ढाड खुस्कने गरी पिट्थेभन्दा पत्यार नलाग्न सक्छ। कुरा ०५१ सालको हो।
त्यतिबेला प्रचण्ड नेकपा मशालका हर्ताकर्ता थिए। जनयुद्धको नीति पार्टीले पहिले नै पारित गरिसकेको थियो। जनयुद्ध तयारीका लागि सम्पूर्ण शक्ति लगाउने र यसका निम्ति केन्द्रीय समितिका कमरेडबाट आर्थिक सहयोग लिने निर्णय पार्टीले गर्यो। पार्टी एकतापछि नेकपा मशालका महामन्त्री बनेका प्रचण्डको भागमा ८ हजार रुपैयाँ पर्यो। त्यतिबेला प्रचण्ड चितवनको भीमसेननगरमै बस्थे।
पार्टीको निर्णयबमोजिम अरु नेताले आफ्ना भागमा परेको रकम बुझाउन थाले। प्रचण्डले पनि तोकिएको दायित्व बुझाउन घरमा सल्लाह गरे। तर, ८ हजार घरमा थिएन र तत्काल जुटाउन सक्ने अवस्था पनि रहेन। त्यसपछि प्रचण्डले पत्नी सीतासंग १ कठ्ठा जग्गा बेचेर भए पनि पैसा त बुझाउनै पर्छ भने।
यसमा सीताले पूर्णत: असहमति मात्र जनाइनन्, कुनै पनि हालतमा जग्गा बेच्न नदिने अडान पनि लिइन्। प्रचण्ड मौन रहे। पार्टीका अरु कमरेड पनि डेरा लिएर प्रचण्डनिवास नजिकै बस्थे। जनयुद्ध तयारीका लागि खरिद गर्नुपर्ने हतियारदेखि अन्य सामानका नामावली तयार भइसकेका थिए। पैसा पनि उठिरहेै थियो। तर, पार्टी प्रमुख प्रचण्डले भने अझै ८ हजार दिएका थिएनन्।
यसैबीच, एकदिन प्रचण्डपत्नी सीता ग्वाँ-ग्वाँ रुदैँ नजिकै रहेको कमरेडहरुको डेरामा पुगिन्। त्यतिबेला कोठामा खम्बसिंह कुँवर ‘काजीसाब’, दिपेन्द्र शर्मा र ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ थिए। पछि प्रचण्डका भाइ नारायण दाहाल र इन्द्रविलास पौडेल पनि आइपुगे। हाल विप्लव माओवादीमा सक्रिय सिन्धुली पुरानो झाँगाझोलीका ईश्वरीप्रसाद दाहालले लेखेका ‘संघर्षका पाइला’ नामक पुस्तकमा प्रचण्डले सीतालाई पिटेको घटना ‘प्रचण्ड र सीताबीच विवाद’ शीर्षकमा उल्लेख छ।
प्रचण्डले सीतालाई अरु केही नपाएपछि घरमै राखेको ठूलो खाले छाताको डाँठले ढुट्याएपछि उनी रुदैँ गुहार माग्न आएको प्रसंग उल्लेख गर्दै असारे काकाले लेखेका छन्,’हामीलाई समस्या परिहाल्यो। आफ्नो नेताको घरपरिवारको झगडा समाधान गर्नु थियो। आन्तरिक रुपमा समाधान गर्न हामी लाग्यौँ। तर, यस घटनाले पार्टीपङ्तिमा निकै ठूलो तरंग ल्यायो।’ आजको जनआस्था साप्ताहिकमा खबर छापिएको छ।
Comments[ 0 ]
Post a Comment