#
|
|

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शितलनिवाशमा आयोजित विशेष समारोहमा प्रचण्डले सपथ लिएका हुन् ।
सपथ लिने क्रममा प्रचण्डले ‘इश्वरको नाममा’ भन्ने शब्दावलीको सट्टा ‘जनताको नाममा’ भन्ने शब्दावली प्रयोग गरेका थिए ।
प्रचण्ड यस पटक पनि सुट लगाएर प्रधानमन्त्रीको सपथ लिएका छन् । यस अघी पनि उनले दौरा सुरुवालको सट्टा कोट प्यान्ट लगाएको भन्दै आलोचना भएको थियो । प्रचण्डले खैरो कोट, सेतो शर्ट र कालो टोपीमा सपथ लिएका हुन् ।
प्रचण्ड जनताको नाममा सपथ लिने र दौरा सुरुवालको साटो कोट प्यान्टमा दोश्रो पटक सपथ लिने पहिलो प्रधानमन्त्री हुन् । प्रचण्ड दोश्रो पटक प्रधानमन्त्री बन्ने नेपालको पहिलो कम्युनिष्ट नेता पनि हुन् ।
प्रचण्डको सचिवालयका अनुसार सपथग्रहणपछि प्रचण्ड शहिद स्तम्भ लैनचौरमा पुगेर माल्यार्पण गर्न जानेछन् । आजको तेश्रो कामकारुपमा प्रचण्डले किर्तिपुरस्थित पुष्पलाल स्मृति पार्क चम्पादेवी पुगेर माल्यार्पण गर्नेछन् ।
सचिवालयका अनुसार त्यसपछि प्रधानमन्त्री प्रचण्डले पार्टी मुख्यालय पेरिसडाँडा पुगेर पार्टी केन्द्रीय कार्यालय सहिद तथा वेपत्ता योद्धा स्तम्भमा माल्यअर्पण गर्ने कार्यक्रम रहेको छ ।
ती काम सकेपछि प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरवार पुगेर आफ्नो पदको पदबहाली गर्नेछन् ।
Comments[ 0 ]
Post a Comment