#
|
|

सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जुनसुकै हालतमा पनि स्थानीय निकायको निर्वाचन गर्नै पर्ने भन्दै त्यसका लागि तयार रहन जिल्ला सभापतिहरुलाई निर्देशन दिएका छन् ।
काठमाडौंमा आयोजित पार्टीका जिल्ला सभापतिहरुको दुई दिने भेला समापन गर्दै देउवाले दलहरुबीच स्थानीय निकायको निर्वाचनका लागि जुनसुकै हालतमा पनि सहमति हुनु आवश्यक रहेको बताए ।
देउवाले भने, “राज्य पुनर्संरचना गरेर चुनाव गर्न कठिन छ, पहिलेकै संरचनामा सहमति भए त्यसमै आधारित भएर गाविस र नगरपालिकामा आधारित चुनाव गराउने नभए इलाकालाई मानेर चुनाव गराउने विकल्पमा भएपनि जानु पर्छ” ।
यस अघि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संरचनामै चुनाव गर्ने प्रस्ताव गर्दा कांग्रेसले विरोध गरेको थियो । तर आहिले आएर भने देउवाले सोही प्रस्ताव आफै राखेका छन् ।
स्थानीय तह बढाउन सुझाव दिनेहरुलाई जवाफ दिँदै देउवाले ३० प्रतिशत खर्च केन्द्रले त खर्च गर्न सकेको छैन भने स्थानीय निकायले गर्ने भन्ने कुरा भएन भन्दै त्यसा लागि नहतारिन सुझाव दिएका थिए । स्थानीय निकायलाई खर्च गर्नका लागि सामार्थ्यबान बनौं भन्नेमा देउवाको जोड थियो ।
पूर्व बडामहारानीको निवासमा विजुली काटिएपछि दीपकको ब्यङ्ग्य
सभापतिहरुले चाँही स्थानीय निकायको गठनमा आएको प्रस्तावमाथि पुनर्विाचार गर्नु पर्ने बताएका थिए ।
यसैबीच नेपाली काँग्रेसले गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या एवम् सिमाना निर्धारणका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।
काँग्रेसले आज बेलुका ४ः३० बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको सचिव ध्रुव वाग्लेले जानकारी दिए । त्यस्तै भोलि मङ्गलबार बिहान ८ बजे काँग्रेस संसदीय दलको बैठक बस्नेछ ।
बैठकमा समसामयिक राजनीतिका साथै स्थानीय निकायको पुनःसंरचनाका बारेमा पार्टीको आधिकारिक धारणा बनाउन छलफल हुने बताइएको छ । काँग्रेसले यसअघि आइतबार र सोमबार केन्द्रीय समिति र जिल्ला सभापतिको संयुक्त बैठक राखेर सोही विषयमा छलफल गरेको थियो ।
Comments[ 0 ]
Post a Comment