#
|
|

उत्तर कोरियाली तानशाह किम जोङ उनले आफूले बोलाएको मिटिङमा निदाउन खोज्ने २ बरिष्ठ अधिकारीहरुलाई भयंकर मृत्यु दण्ड दिएका छन् ।
बैठकमा निदाउन खोज्ने २ अधिकारीलाई एयरक्राफ्ट गनले मृत्यु दण्ड दिएको दक्षिण कोरियाली सञ्चार माध्यमले जनाएका छन् ।
दक्षिण कोरियाको जुङआङ इल्बो अखबारका अनुसार शिक्षा मन्त्रालयका बरिष्ठ अधिकारी री याङ र कृषि मन्त्रालयका ह्वाग मिनलाई निदाएको भन्दै गोली हानिएको हो ।
उत्तर कोरियामा शासक किम जोङ उनसँग असहमत भएर बरिष्ठ अधिकारीहरु मारिने श्रृंखलाको पछिल्लो कडी मात्र भएको विश्लेषकहरुले बताएका छन् ।
किम जोङ उनले सन् २०११ मा सत्तामा आएपछि किम जोङ उनले आफूसँग असहमत हुने बरिष्ठ अधिकारी तथा आफन्तको हत्या गर्दै आएका छन् ।
यस अघि गत वर्ष किम जोङ उनले आफ्नै अंकललाई पनि फाँसी दिएका थिए ।
Comments[ 0 ]
Post a Comment