#
 
 | 
 | 

भारतीय जनता पार्टीका नेतामाथी अज्ञात व्यक्तिले गोली प्रहार गरेका छन्। नेता ब्रिजपाल तेवतिया र उनका गार्ड गम्भीर घाइेत भएका छन्। स्थिति नाजुक रहेको बीबीसीले जनाएको छ।
उनीहरुलाई नोएडाको फोर्टिस हस्पीटलमा भर्ना गरिएको छ।
ब्रिजपाल तेवतिया माथी अलग-अलग फार्चयुनर गाडीमा आएका व्यक्तिहरुले अचानक आक्रमण गरेको बताइएको छ।
ब्रिजपालको गाडीलाई घेरेर निकै बेरसम्म एके-४७ ले फायरिङ गरिएको थियो।
जवाफमा तेवतियाका अंगरक्षकले पनि निकै बेरसम्म फायरिङ गरे। घटनामा कुल ७ जना घाइते भएका छन्।
प्रहरीले घटनास्थलबाट एके-४७, राइफल र पेस्तोल बरामद गरेको छ र आक्रमणकारी छिट्टै समातिने बताएको छ।
ब्रिजपाल तेवतिया सत्तारुढ दल भाजपाका वरिष्ठ नेता हुन।
 
Comments[ 0 ]
Post a Comment