#
|
|

काठमाडौं,७ भदौ | म्याग्दी ५ का अनिश गर्बुजालाई काठमाडौं आइपुग्ने बित्तिकै दिदी पर्ने गौकुमारीले श्रीमान् गएको ७ महिना भयो, म पनि जाने तयारीमा छु, तिमी पनि जाने भए पठाइदिन्छु, भन्दै जापानको लोभ देखाइन् । अनिशलाई घुम्न काठमाडौं आएका बेला ठूलै मौका पाए जस्तो भयो । त्यसैले जापान जाने सपना बोकेर उहाँ तुरुन्तै घर फर्किनुभयो । गौकुमारीले एक जना भन्दा धेरै जना भए अझै राम्रो हुन्थ्यो भनेपछि हतारमा गाउँ पुगेका अनिशले साथी तिलक र सन्तोषलाई लिएर माघ १२ गते काठमाडौं आइपुग्नुभयो ।
तस्बिर उज्यालो अनलाइन बाट साभार
गाउँबाट जापान जाने सपना बोकेर काठमाडौं आइपुगेका तीनै जनालाई गौकुमारीले जापानमा पैसाको बोट छ टिप्न जाने हो भने जसरी बयान गरिन् ।
यहाँबाट दिल्ली हुँदै जापान जाने हो । त्यहाँ पुगेपछि सबै कागज पत्र च्यातेर एयरपोर्टमै हात ठड्याएर आत्मसमर्पण गर्ने, त्यति गरेपछि प्रहरीले शरणार्थीका रुपमा राख्छ, अनि दुई महिनापछि भाषा सिकाएपछि महिनाको चार लाख कमाइ हुन्छ’ गौकुमारीलाई उद्धृत गर्दै अनिशले भन्नुभयो, ‘त्यति मात्रै होइन गौकुमारीले भाषा सिक्नु पर्दैन, हामी भूकम्प पीडित हौं, हामी कसरी यहाँ आइपुग्यौं भन्ने पनि थाहा छैन भनेपछि काम लगाइदिन्छ भनेकी थिइन् ।’
माघ १२ गते बेलुका कोठा पुग्ने बित्तिकै ४ हजार ७ सय र नागरिकताको फोटोकपी चाहिन्छ भनेपछि सबैले पैसा र नागरिकताको फोटोकपी बुझाए गौकुमारीलाई । त्यसको २ दिनपछि अर्थात् माघ १४ गते गौकुमारीले तीनै जनालाई बसमार्फत भारतको दिल्ली पठाइन् ।
स्वयम्भूबाट बस चढेका उहाँहरुलाई गौकुमारीले भने झैं भारत पुगेपछि पारगञ्जको गुलाब होटलमा गौकुमारीले दाई भन्ने तिर्थ गुरुङले भेट्टाए । तिर्थले त्यहाँ अरु केहि भनेनन् पैसाको कुरा बहिनीले भनेकै होली मात्रै भने । ‘त्यहाँ पुगेपछि हामीले उसलाई अरु पनि धेरै कुरा सोध्यौं तर उसले मैले अहिलेसम्म ७०–८० जनालाई पठाइसकेको छु, डराउनु पर्दैन भन्यो’ पात्लेखेल –४ सन्तोष पाइजाले भन्नुभयो ।
३६ घण्टापछि दिल्ली पुगेका उनीहरुसँग दिल्ली पुग्ने वित्तिकै तिर्थले पैसाको कुरा गर्न थाले । पैसा जति छिटो जम्मा गर्यो त्यति नै छिटो काम हुन्छ भनेपछि तीनै जनाले घरमा फोन गरे । भन्ने बित्तिकै परिवारले पैसा जम्मा गर्ने अवस्था थिएन । अनि कहाँ पठाउने भन्ने पनि थाहा थिएन । ‘तर गौकुमारीले सबै पैसा मलाई नै बुझाउनु भनेपछि हामी तीनै जनाको परिवारले १३ लाख ४० हजारका दरले गौकुमारीलाई पैसा उसलाई बुझायौं’ अनिशकी आमा लोककुमारीले भन्नुभयो ।
६ लाख रुपैयाँ आइएमइ मार्फत पठाउन लगाएकी गौकुमारीले अरु पैसा क्यास नै लिने भनेपछि माघ १९ गते तीनै जनाका अभिभावक काठमाडौं आए । आफ्नै कोठामा लगेकी गौकुमारीले त्यही कोठामा सबैसँग १३ लाख ४० हजारका दरले पैसा लिइन् । पैसा बुझाउने बेलामा हामीले कागज गर्नुपर्छ पनि भनेका थियौं, तर उनले आफ्नै गाउँकी चेलीबेटीको विश्वास लाग्दैन भनेपछि कागज गरिएन । तिलकका बुबा गंगाप्रसाद पुनले रुन्चे स्वरमा भन्नुभयो । हुन पनि गौकुमारीको घर पनि म्याग्दी मराङ नै हो ।
काठमाडौंमा पैसा बुझाएपछि उनीहरुलाई माघ २८ गते दिल्लीबाट मलेसियाका लागि उडाए तिर्थ र मनोज भन्ने भारतीयले । उनीहरुले मलेसिया हँदै जापान, जापानबाट पालाउको टिकट बनाएर दिए तर जापान पुगेपछि त्यहीँ लुक्ने पालाउ नजाने भनेर सिकाए ।
दिल्लीबाट मलेसिया पुगेका उनीहरु १४ घण्टा वेटमा परे । वेटका बेदला कोरिया जाने नेपाली पनि एयरपोर्टमा भेटपछि नेपालीसँगै गफगाफ भयो जापान जाने तिलकहरुको । तर रमाइलो धेरै बेर टेक्न सकेन । ‘हामीहरुलाई भिजिट भिसा दिइएको थियो त्यसैले हामीले त्यही देखाएर पालाउ जाने भन्यौं तर हामीलाई घुम्न जाने जस्तो देखेनछ कि क्या हो त्यहीँ पक्रियो’ म्याग्दी मराङ–८ का तिलकबहादुर पुनले सुनाउनुभयो, ‘हामी आएको विमान केहिबेरमै उडेपछि हाम्रा आँखा आँसुले भरिए’ जापान जान हिँडेका उनीहरु मलेसियामै पक्राउ परेपछि त्यहीबाट दिल्ली भएका तिर्थ गुरुङलाई फोन गरे ।
तर उनीहरुलाई तिर्थले केहिदिनमै उडाउने भन्दै प्रहरीबाट जोगिएर बस्न आग्रह गरे । त्यति बेला ६ दिनसम्म सिसी क्यामेरा भएको ठाउँ र पुलिसबाट जोगिएर बस्दाको पल अहिले पनि झल्झल्ती सम्झिरहेका छन् उनीहरुले । ६ दिनपछि तिर्थले दिल्लीबाट कम्बोडिया हुँदै जापान जाने टिकट पठाइदिए ।
हामी ठगियौं भन्ने त थाहा थियो तर त्यति धेरै पैसा तिरेर गइसकेकाले मारे पनि मारोस् भन्ने लागेर हामी कम्बोडियो गयौं’ आँखाभरी आँसु पार्दै तिलकबहादुरले भन्नुभयो । उडेको एक घण्टापछि उहाँ कम्बोडिया त पुग्नुभयो तर ७ दिन त्यहीँ बस्नु भनेका तिर्थले कुनै होटल बुकिङ गरिदिएको रहेनछ । त्यसैले उनीहरुलाई प्रहरीले त्यही जहाजमा मलेसिया नै फर्काइदियो ।
कम्बोडियाबाट फर्किएका उनीहरु सबैको पासपोर्ट पाइलटले नै राख्यो र मलेसिया आएपछि प्रहरीलाई नै दियो । मलेसियामा उनीहरुलाई दुई दिनसम्म प्रहरीले राख्यो तर खान नदिई । खाना माग्दा तिमीहरु घुम्न आएको पैसा तिमीहरु सँगै छ होला नि भन्ने जवाफ पाए प्रहरीबाट ।
भोलिपल्ट बेलुका ६ बजे उनीहरुलाई मलेसियाबाट दिल्ली पठाइदियो प्रहरीले । राति ९ बजेतिर दिल्ली आइपुगेका उनीहरुलाई प्रहरीले नेपाल जाओ भन्यो तर कसरी नेपाल जाने भन्ने सोच्न सकिरहेका थिएनन् उनीहरुले । त्यसैले उनीहरुले तिर्थ गुरुङलाई फोन गरे । तर तिर्थको जवाफ पहिलेको भन्दा फेरिएन । तिर्थले चिन्ता नगर, घरमा फोन नगर, म तिमीहरुलाई मिलाएर जापान पठाउँछु भनेपछि उनीहरुले घरमा फोन गरेनन् । अनि त्यही दिन नेपाल फर्किए।
नेपाल फर्किएका उनीहरुले गौकुमारीलाई फोन गरे । तर उनका कुरा पनि तिर्थका भन्दा फरक थिएनन् । ‘हामीले धेरै दुख पायौं, अब हामी जापान नजाने हाम्रो पैसा फिर्ता दिनुस् भन्यौं तर उनले कहाँ त्यस्तो हुन्छ म तिमीहरुलाई जसरी पनि जापान पठाउँछु भनिन्’ अनिश भन्नुहुन्छ ।
त्यसको भोलिपल्ट तिर्थ गुरुङ पनि भारतबाट नेपाल आए अनि थोरै खर्च पनि दिए । अनि टेन्सन नलिन भन्दै फकाए पनि । महिनाको ४ लाख कमाउने आशमा रहेका उनीहरु तिर्थकै लहैलहैमा लागेर उनीहरु फेरि दिल्ली गए ।
Comments[ 0 ]
Post a Comment