विश्वका त्यस्ता आधादर्जन खतरनाक सडक जो निक्कै कहाली लाग्दा छन् (फोटो फिचर)
Wednesday, August 31, 2016
#
हाम्रोमा चलन छ कोही कतै जान थाल्यो भने शुभयात्रा भन्ने । अर्थात् यात्रामा कुनै अप्ठेरो पर्छ कि भनी हामी शुभयात्रा भन्छौं । ताकि शरीरमा कुनै कठिनाइ नहोस् । नेपालमा त्यसै पनि अप्ठेरा सडक छन् कि हिंडाइ त शुभ होला तर पुगाइ के हुन्छ पशुपतिनाथको कृपा । विश्वमा त्यस्ता ६ खतरनाक सडक छन् जहाँ जो कोही जानै सक्दैन । त्यस्ता सबैभन्दा खतरनाक सडक यसप्रकार छन्ः
१) फ्रान्सको पासा दु गोज सडकः
यो यस्तो खतरनाक एवं साहसिक मार्गका रुपमा पर्छ जहाँ दैनिक दुई पटक उच्चतहको छाल आउँछ । त्यो कतिबेला आउँछ कसलाई पत्तो । यात्रा गर्ने यात्रुलाई भूकम्पको बेलाजस्तो मुस्लिम वा क्रिष्टियन भए पनि राम–राम–राम भन्नु पर्नेजस्तो ।
२) इजिप्टको लग्जर अल हर्गादा सडकः
यो सडक यति खतरनाक छ कि गाडीको हेडलाइट नै बन्द गर्नुपर्छ । सूर्यास्त भएपछि त झनै कुनै पनि लाइट बाल्नु हुँदैन । बिना बत्ती हावाको भरमा चलाउनु पर्ने यो सडक पार गर्ने जोकोहीलाई मृत्युको मुखमा पुगेकोजस्तो हुने गर्छ ।
३) चीनको तियान मेन शान बिग गेट सडकः
यो तियान मेन माउन्टेन राष्ट्रिय निकुञ्जभित्र पर्छ । तर ११ किलोमिटर लामो यो सडक पार गर्न निकै सकस छ । भूतले खाजा खाएको समय पर्यो भने त सक्किगो १ तलदेखि माथिसम्म यसो १.३०० मिटर पनि हेर्न नसकिने ।
४) अष्ट्रेलियाको आयर हाइवेः
यो विश्वकै सर्वाधिक राम्रो राजमार्ग पर्छ । १६७५ किलोमिटर लामो राजमार्गमा कतै बाङ्गोटिङ्गो बाटो पर्दैन, सीधा । तर यसले यात्रु वा चालकलाई यति एक्लो र थकित महसुस बनाउँदो रहेछ कि सबैभन्दा बढी दुर्घटना हुने राजमार्ग नै यही पर्छ ।
५) भारतको जोजी लाः
यो यस्तो सडक हो जसले लदख र प्रशासित क्षेत्र काश्मीरलाई जोड्छ । सबैभन्दा अग्लो पहाडमध्येको यो सडक यति साँघुरो छ कि हेर्दाहेर्दै चिप्लिन बेर नलाग्ने । यो सडकमा यात्रा गर्ने जो कोहीले ज्यान झोलामा राखेर हिंड्नुपर्ने अवस्था आउँछ ।
६) न्यूजिल्याण्डको स्किपर क्यानोड रोडः
साँघुरो र चिप्लने खतरा रहने यो सडक ऐतिहासिक भएकाले त्यत्तिकै छाडिएको छ । यसले हरर चलचित्रका दृश्यसमेत बिर्साउने गरी तर्साउन भने तर्साइरहन्छ ।
Comments[ 0 ]
Post a Comment