#
|
|

एजेन्सी / संसारमा बवज्ञान र प्रविधिको विकास भएसंगै विभिन्न अत्याधुनिक हात हतियार, बम बारुद तथा अत्याधुनिक मिसाइलहरुको आविस्कार र निर्माण भैरहेको छ । अझ भनौ भने शक्तीशाली मुलुकहरुमा त मिसाइलहरुको निर्माण गर्ने र परीक्षण गर्ने होडबाजी नै चलेको छ । हात हतियार जति बन्दछन आतंककारी संगठनद्वारा त्यतिनै मात्रामा हत्या हिँसा र मानव संहार पनि भै रहेका छन् ।
यहाँ प्रसङ्ग भारत र पाकिस्तानको हो । कयौ वर्षदेखि आइरहेको कुटनैतिक मामिलाको हो । आज भन्दा करिब ६५ बर्षअघि पाकिस्तान भारतदेखि अलग भएको थियो । अलग भएसंगै जति समय वित्दै गए उतिनै भारतसंगको पाकिस्तानको सम्बन्धमा धमिलोपन आउदै गयो । अहिले मुख्यतय काश्मिरको विषयलाई लिएर भारत र पाकिस्तान एक एर्कामा दुश्मन बन्न पुगेका छन । यसैविच दुई देशहरु विभिन्न अत्याधुनिक मिसायल खरिद गर्ने र परिक्षण गर्नमा निकै कस्सिएका छन् । पछिल्लो समय पाकिस्तानले खरिद गरि भित्र्याएका अत्याधुनिक मिसाइलको बारेमा विस्वमै एक चर्चाको विषय बनेको छ।
यहि मिसाइलहरुको बारेमा रुसका एक न्यूक्लियर एक्सपर्टले भारत र पाकिस्तानबीच युद्ध भएमा पाकिस्तानको मिसाइलबाट भारतले आफूलाई बचाउन नसक्ने दाबी गरेका छन् । यद्यपी उनले भारतले आफ्नो रक्षा क्षेत्रमा विकासलाई तीव्र पारेको तर, पाकिस्तानको मिसाइलबाट बाच्न सजिलो नहुने बताएका छन् । रुसको राजधानी मस्कोमा रहेको कार्नेगी मस्को सेन्टरका परमाणु अप्रसार कार्यक्रमका सिनियर रिसर्चर पेत्र तोपीच्कानोवले भनेका छन्– ‘भारत आफ्नो परमाणु हतियारमा जून गतिमा भारी मात्रामा खर्च गरिरहेको छ, यस्तो १० वर्षसम्म गर्दा पनि युद्धको अवस्थामा यदि पाकिस्तानले आफ्नो मिसाइल भारततिर छाड्यो भने भारतका लागि आफ्ना इलाका बचाउन सम्भव छैन् ।’
पाकिस्तानी मिसायलाको बारेमा बढ्ता नै उनले भनेका हुन् या हकिकत नै हो, त्यो त उनि नै जानुन । यसैविच साउथ एसियामा परमाणु अप्रसार र रणनीतिक स्थिरताबारे उनले भनेका छन्– ‘इजरायलको सहयोगमा भारत आफ्नो बलिस्टिक मिसाइल डिफेन्स सिस्टमको विकास गर्ने र रुसबाट एस–४०० डिफेन्स सिस्टम लिदा समेत पाकिस्तानको मिसाइलबाट आफ्नो रक्षा गर्नसक्ने हुन भारतलाई धेरै समय लाग्नेछ ।’ साउथ एसियामा रणनीतिक स्थिरताबारे उनले रुस भारत र पाकिस्तानलाई समान रुपले सहयोग गर्ने र निगरानी राख्ने उनले बताएका छन्।
यसैमा भारतीय मिडिया लेख्छ ‘यहि हप्ताको आइतवार भारतले अडवास्ड एयर डिफेन्स ९एएडी० इन्टर सेप्टर मिसायालको परिक्षण र मल्टी(लेयर बलिस्टिक मिसाइल डिफेन्स सिस्टम बनाएकोले पाकिस्तानले गहिरो चिन्ता ब्यक्त गरेको थियो । पेत्रले भनेस न्यूक्लियर सप्लायर्स ग्रुप ९एनएसजी० मा भारतको उम्मेद्वारीबाट दुनिया भारतदेखि साबधान हुन्छन ।’‘नवभारतटाइम्स’को सहयोगमा
Comments[ 0 ]
Post a Comment