#
|
|

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यब्यस्थताको कारण देखाउँदै आजको नियमित मन्त्रीपरिषद बैठक स्थगित गरेका छन् । हिँजो बस्न नसकेको मन्त्री परिषद बैठक प्रधानमन्त्री तथा मन्त्रीहरु ब्यस्त रहेको भन्दै स्थगित गरिएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार विहान बोलाइएको मन्त्रिपरिषद्को बैठकमा एजेण्डामा नै प्रवेश नगरी स्थगित गरिएको हो । प्रधानमन्त्री ओलीले आफूलाई धुलिखेल जानु पर्ने भएको र अन्य मन्त्रीहरुको पनि संसदमा जवाफ दिनु पर्ने रहेकाले मन्त्रीपरिषद बैठक स्थगित गर्ने निर्णय सुनाएका थिए ।
माओवादी केन्द्रको तयारी
हिँजो मात्र नेकपा माओवादी केन्द्रले बजेट पारित गरेपछि खुलेरै सहमतिय सरकारको लागि छलफल थाल्ने तयारी गरेको थियो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री के पी ओलीबीच हिजो भएको छलफलमा यस विषयमा पनि कुरा भएको श्रोतले बताएको छ । माओवादी केन्द्रका मन्त्रीहरुले अव मन्त्रीपरिषदमै विगतमा एमाले र माओवादीबीच भएको ९ बुँदे सहमति तथा ३ बुँदै भद्र सहमतिबारे एजेण्डागतरुपमा कुरा उठाउने निर्णय समेत बैठकले गरेको थियो ।
सरकार विस्तार हुने प्रधानमन्त्री ओलीको दावी
ओलीले मन्त्रीपरिषद बैठकमा एजेण्डा धेरै हुन सक्ने र आफूसँग समय नभएको भन्दै आजका लागि बैठक नगर्ने बताएको जानकारी सरकारका प्रवक्ता शेरधन राइले दिएका छन् । माओवादी मन्त्रीहरुले सहमतीय सरकार र ९ बुँदे तथा ३ बुँदे भद्र सहमतिको एजेण्डा प्रवेश गराउने चाल पाएपछि ओलीले मन्त्रीपरिषद बैठक स्थगित गरेको हुन सक्ने अनुमान विश्लेषकहरुले गरेका छन् ।
Comments[ 0 ]
Post a Comment