#
|
|

हरेक मानिसका फरक फरक बानि र व्यवहारहरु हुने गर्दछन् । उसमा भएको रगत समूह अनुसार उसको बानि र व्यवहार पनि फरक हुने गरेको एक अध्ययनले जनाएको छ । उक्त अध्ययनले जनाए अनुसार मानिसहरुको रगत समूह अनुसार उसको चालचलन र व्यवहार कस्तो छ भनेर थाहा पाउन सकिन्छ । यहाँ मानिसमा हुने रगत समूह र बानिको बारेमा जानकारी दिइएको छः–
Group O : संसारका सवैभन्दा बढी मानिसमा यो रगत समुह पाइन्छ । O+ve र O-ve गरी करीब ४७ प्रतिशत मानिसमा यो रगत समुह रहेको हुन्छ जसमा ४० प्रतिशत जती इं र ७ प्रतिशत जतीमा य( रहेको हुन्छ । यो रगत समुहका मानिसहरु नेतृत्व गर्न चाहना राख्ने तथा नेतृत् वगर्न सकने क्षमता भएका, आफुले शुरु गरेको काम फत्ते नगरी नछाड्ने, सत्यतामा विश्वाश गर्ने, मायालु र आत्मा विश्वाशले भरिएका हुन्छन भने यो रगत समुह भएका मानिसहरुको कमजोरी भनेको डाहा गर्ने बानी र धेरै प्रतिष्पर्धात्मक हुन खोज्ने भएको अनुशन्धानले जनाएको छ ।
Group A: यो रगत समुह करीब ४० प्रतिशत मानिसहरुमा हुन्छ जसमा ३४ प्रतिशतमा A+ve र ६ प्रतिशतमा A-ve पाईन्छ । यो रगत समुह भएका मानिसहरु शान्त र सामाजिक खालका, अरु सँग काम गर्न मनपराउने, संबेदनशील र कमजोरीको रुपमा झुक्न नचाहाने र आराम गर्न नसक्ने वा नचाहाने बानी भएका हुन्छन ।
Group B: यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छ जसमा करीब ८ प्रतिशतमा B+ve र १ प्रतिशतमा मात्र B-ve हुन्छ । यो रगत समुह भएका मानिसहरु एकलकाँटे, जे पनी एक्लै गर्न चाहाने रचनात्मक खुबी भएका झुक्न सक्ने खुबी भएका हुन्छन जसले गर्दा कहिले काही काम बिग्रन समेत सक्छ ।
Group AB: यो मानिसमा पाईने सबैभन्दा कम पाईने रक्त समुह हो । यो ४ प्रतिशतमा मात्र पाईन्छ जसमा ३ प्रतिशत AB+ve र १ प्रतिशतमा AB-ve पाईन्छ । यो रगत समुह भएका मानिसहरु नरम, अयलतचयििभम र ठट्टा रमाईलो गर्ने खालका हुन्छन तर निर्णय गर्ने क्षमताको कमी हुन्छ ।
Comments[ 0 ]
Post a Comment