#
|
|

नेपाल र भारतबिच सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन बिषयमा बार्ता हुदै गर्दा भारतीय पक्षबाट बार्ता टोलिको नेतृत्व गरेका भगतसिहं कोसियारीले नेपाल भुटान जस्तै खुशी हुनु पर्छ भनेर नेपाल भारतकालागि भुटान जस्तै बन्नु पर्छ भन्ने आसय व्यक्त गरेछन । तर भुटान र भुटानीलार्इ थाहा होला भारतदेखि कति खुशी छन र कति दु:खि छन् ? भुटान भारतसंग कति च्यापिएको र कति हेपिएको छ संसारले बुझेका छन । एदि कुनै देशको पररास्ट्र र सुरक्षा नीति नै अर्को देशले चलाउछ भने त्यो देश अर्ध-स्वत्रन्त्र र अर्ध-उपनिबेसीक देश हो भन्दा फरक नपार्ला । यो त् भुटानको भौगोलिक बाध्यता हो कि उसले चाहेर पनि अरु देश संग सजिलै समन्ध स्तापित गर्न सक्दैन, किनकि भुटानलाई धेरै कुरामा भारतको भर पर्नु पर्ने बाध्यता छ ।
बिगतमा भारतले भुटानी सरणार्थीलाइ उसको भुमि हुदै नेपाल छिर्न दिएर नेपाल जस्तो सानो देशलाई दशकौ ठुलो समस्यामा पार्यों , नेपालमा मधेशीको अधिकार मागिदिने भारतले भुटानबाशी नेपालीको अधिकार किन माग्न चाहेन ? नेपालीभाषी भएकै कारण किन भुटान बाट लखेटियो ? हरेक देशमा धेरै जात जातिहरु रहेका हुन्छन । त्यसैले नेपालीभाषी हुदैमा किन भुटान बाट निकालियो ? भारतमा पनि त् बंगालादेशी भासी करोडौ छन् । यदी भुटान बाट कुनै कारण बस सरनार्थी बनेर लाखौ मान्छे निस्किन्छन वा निकालिन्छन भने त्यो पहिले सिमा जोडिएको छिमेकी देश भारतमै आश्रय लिनु पर्ने हो र भारतले पनि आश्रय दिनु पर्ने हो । यसमा उसले मानवता समेत देखाएन । यो भारतको नेपाल प्रति हेपाह र मिचाह प्रबृति हो ।
धन्न एक लाख भन्दा बडी भुटानी सरनार्थी युरोप र अमेरिका तिर तेश्रो देश पुनर्बाश भए । तर पनि आफु जन्मिएकै ठाउमा बस्न् चाहने भुटानीहरुलाई जबरजस्ती तेश्रो मुलुक जान बाध्य पारियो /।यसमा भारतले मानव अधिकार हनन भएको देखेन । तर नेपालले कुनै मदेशीलाइ तिमिहरु भारतीय हौ, तिमिहरु भारतबाट आएका हौ भनेर देश निकाला गरेको छैन, थिचोमिचो गरेको छैन भुटानी जनता जस्तो कुनै मदेशिले सरनार्थी हुनु परेको छैन । सबैको लागि एउतै समिधान बनेको छ, मदेशको लागि छुट्टै समिधान बनाएको छैन अनि के कुरामा मदेशीलाइ अन्याय भयो भनेर भारतले नेपालको समिधान प्रति असन्तुस्टी राख्दै नाकाबन्दी लगायो ? आन्तरिक समस्या त् सबै देशका हुन्छन झन् भारतको त् हाम्रो भन्दा धेरै आन्तरिक समस्याहरु छन ।
कोसियारीले नेपाल भारत सम्बन्धमा कुनै पिल्लर हुनु हुदैन भनेछन ! कुरा त् ठिकै होला तर नेपाल भारत सीमामा भने पिलर र काडेतार लगाउन अत्यन्त जरुरि भैसक्यो । भारत कहिले पनि नेपाल भारत सीमामा पिलर र काँडेरार चाहदैन किनकि उसले सधै सिमा मिच्न्न पाही रहेको छ । यदि सीमामा प्रयाप्त पिलर हाल्ने हो भने उसले सिमा मिच्न पाउदैन , भारतले सीमामा सिमा सुरक्षा बल यस.यस.बि. तैनाथ गरेको छ, त्यशैले उसको सिमा मिचिने उसलाई कुनै चिन्ता छैन तर नेपाल तिर भने भारत बादी सोच भएका नेता र सरखारका कारण सिमा सुरक्षाको कशैलाई मतलब छैन । सबैलाई आफ्नै पदको सुरक्षाको चिन्ता मात्र छ । यत्रो नेपाली सेना अनि ससस्त्र पुलिश फोर्स हुदा पनि सीमाको सुरक्षा हुन् नसक्नु देशभक्त नेपालीको लागि दु:ख र चिन्ताको बिषय हो । यदि सीमामा काडेतारको बार लगाउन पाए अबैध निकासी पैठारी रोकिन्थ्यो र राजश्व पनि बढ्थ्यो भने अर्को तिर नेपालमा अपराध गरेर भारततिर लुक्ने अनि भारततिर अपराध गरेर नेपाल तिर लुक्नेलाइ कन्ट्रोल गर्न सकिन्थ्यो, जसले गर्दा सान्ति सुरक्षा सुद्रिड हुन्थ्यो । सान्ति सुरक्षा नभई बिकाश पनि हुदैन र पर्यटक पनि आउदैनन ।
नेपाल भारत ऐतिहासिक बार्तामा भिसा सिस्टम लागु गर्नु पर्ने कुरा समेत उठ्यो , यसबाट नेपाललाइ भन्दा भारतलाइ धेरै फाइदा हुन्छ । किनकि लाखौ नेपाली आज पनि सस्तोमा भारत तिर मजदुरी गर्न जान बाध्य छन् । भारतीय सेनामा कार्यरत गोर्खालीहरु पनि छन्, यी सबै बाट भारतले ठुलो राजश्व उठाउने छ । त्यसको तुलनामा नेपालतिर आउने भारतीयको शंख्या न्यून हुन् सक्छ । यहि आंकडा हेरेर मात्र उसले भिसा सिस्टम लागु गर्ने वा नगर्ने निर्णय गर्नेछ, अर्थात् फाइदा हुने देखे भिसा सिस्टम लागु गरौ भन्छ नत्र यहि ठिक्क छ भन्नेछ ।
त्यस कारण भिषा सिस्टम होइन परिचय पत्र हेरेर केका लागि जाने र कति समय बस्ने आदि विवरण राख्ने गरेर ब्यबस्थित गर्दा राम्रो हुन्छ । भिसा सिस्टम लागु गर्दैमा सिमा र आपसी समस्याहरु समाधान हुने होइनन । हाम्रो परापुर्ब काल देखि भारत संग सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, भासिक र राजनीतिक समन्धहरु छन । त्यशैले भौगोलिक पृस्टभुमिलाइ मात्र आधार मानेर भिसा सिस्टम गर्नु उचित हुदैन। भिसा सिस्टम गर्ने पर्ने अबस्था आएमा नाम मात्रको न्यून भिषा सुल्क लगाउदा भने फरक पर्दैन । जस्तो रु. पचास १ सय , २ सय इत्त्यादी / तर कमाउने र राजश्व बढाउने उद्देश्यले दुवै देशले भिषा सुल्क महँगो बनाए भने त्यस बाट मर्का पर्ने भनेको दुवै देशका सर्बसाधारण जनतालाई मात्र हो ।
भारतले कुन सन्धि र कुन नैतिक धरातलमा उभिएर नेपालले चीन सित गरेको सन्धि सम्झौताको खुलेरै बिरोध गर्छ ? यो कुरा अझ सम्म बुझ्न सकिएन । भारतीय मिडिया पनि चीन संग नेपालले नाका खोल्दा र रेल मार्ग बनाउन खोज्दा चर्को बिरोध गर्छन तर नेपाली मिडियाहरु त्यसको प्रति उत्तर दिन सक्दैनन् । मिडियाको जवाफ चित्त बुझ्ने गरि मिडियाले नै दिनु पर्छ ।
१९५० सन्धि असमान थियो, अपूर्ण थियो र थुप्रै कमि कमजोरी थिए भन्नेहरुले अहिले सम्म किन त्यसलाई आपसी बार्ता गरि सुधार्न वा परिमार्जन गर्न सकेनन ? किन यसलाई रास्ट भक्तिको राप अलापेर सत्तामा जाने खुड्किलो मात्र बनाइयो ? अनि सत्तामा पुगेपछि किन बोलेका कुरा पुरा गर्न सकेनौ ? १९५० भन्दा पछि पनि भारत संग थुप्रै असमान सन्धि र सम्झौताहरु भएका छन्, यसको दोष १९५० को सन्धि लाइ दिन मिल्छ ? बरु तत्कालिन परिवेशमा गरिएको १९५०को सन्धि समयानुकुल परिमार्जन गर्न नसक्नु भनेको त्यशपछीका सासकको गल्ति र कमजोरी हो ।
मैले देखेको १९५०को सन्धिमा असमानता भनेको भारतको तर्फ बाट भारतीय राजदुतले हस्ताक्षर गरेका रहेछन तर नेपालका तर्फ बाट भने तत्कालिन प्रधानमन्त्रि मोहन सम्सेरले हस्ताक्षर गरेका रहेछन । यो बाहेकका बाकि बुदा आ-आफ्नो तरिकाले तर्क गरेर बंग्याइयाको मात्र रहेछ । खासै अपमानकारी देखिदैन तर त्यस पछिका भारतीय सरखारले भने अपमानकारी तरिकाले प्रयोग गर्न खोजेको हुन् सक्छन । लगानी गर्दा छिमेकीलाई प्राथामिकता दिने कुरा जुन देशमा पनि हुन् सक्छ / यस्ता बुदाहरुको दोहोरो अर्थ लाग्न सक्छन । कसरि प्रयोग गर्न खोजिन्छ र कसरि बुझ्न खोजिन्छ त्यसमा भर पर्ने कुरा हो । अब संसोधन हुँदा दुवै देशको प्रधानमन्त्रिले हस्ताक्षर गर्दा हुने रहेछ । यध्यपी धेरै पुरानो सन्धि हुनाले अहिलेका पुस्ताले यसको बास्तबिक अर्थ सजिलै नबुझ्न सक्छन ।
कुनै पनि देशले छिमेकमा आफु अनुकुलको सरखार भएको देख्न्न चाहन्छ तबन समन्ध बलियो बनाउन सजिलो हुन्छ । यसलाई अन्यथा सोच्नु हुदैन / तर हस्तक्षेपकारी भूमिका निर्बाह गर्न खोज्नु भने गलत हो । यदि आन्तरिक समस्या आफै समाधान गर्ने हो र एकले अर्कालाई भुझ्न सक्ने हो भने भारतीय हसतक्षेप हुने ठाउ नै हुदैन थियो । सरखारमा जान हामीलाई भारतको साथ् छ भनेर दिल्ली भ्रमणमा जाने अनि त्याँहा गएर हामीलाई सरखारमा जान सहयोग र समर्थन गर्नुहोस भनेर अनुरोध गर्ने अनि हस्तक्षप हुदैन त् ? हामीले हाम्रो रास्टको हितलाई सर्बपरी राखेर भारत संग प्रस्तुत हुन् नसक्नु हाम्रै कमजोरी हो । छिमेकी चलाख र धुर्त छ भन्ने थाहा हुदाहुदै किन सहयोग र समर्थन लिन जाने ? राजनीतिक स्वार्थ त्यागेर देश र जनतालाई केन्द्र बिन्दुमा राखेर राजनीति गर्नुहोस भारत जानै पर्दैन । चुनाबमा भोट हालेर सरखार बनाउने चाँही नेपाली जनता अनि परामर्श लिन चाँही भारत जाने ? नेपाली जनताको भावना अनुसार काम गर्ने कि भारतीय भावना अनुसार गर्ने ? जब भारत संग सल्लाह र सहयोग मागिन्छ अबश्य पनि उसले आफ्नो हित अनुकुल सल्लाह दिन्छ ।
१९५० को सन्धि खारेज हुदैमा अब हुने सन्धि राम्रो हुन्छ भन्ने कुनै ग्यारेन्टी छैन । त्यो त हाम्रो होम-वोर्क र कार्य क्षेमतामा भर पर्ने कुरा हो / १९५० को सन्धि खारेज हुदैमा सुगौली सन्धिमा गुमेको भुमि फिर्ता पाउन पनि गाह्रो छ किनकि (१९४७) २००४ सालमा जब भारत स्वत्रन्त्र भयो / त्यहि बेला देखिनै गुमेको भुमि फिर्ता गर्न जोडदार प्रयास गर्नु पर्थ्यो / तर भारतको समर्थनमा सत्ता बचाउन राणाहरुले माग्न चाहेनन् वा सकेनन र पछि नेपाली कांग्रेसले पनि माग्न सकेन / अनि अहिले आएर माग्दा पक्कै पनि भारतले असान्दर्बिक र नहुने माग भन्नेछ ।
ब्रिटिशहरु मात्र इन्डियामा नआईदिएको भए आधा इन्डिया गोर्खालीले खाइदिने थिए ।
अहिले भारतले ब्रिटिसलाइ गालि गर्नु त् बेकार छ । ब्रिटिशहरु त् भारतका लागि रक्षा कबज भएर देखा परे नत्र भारतको अधिकांश भाग नेपालको हुने थियो ।ब्रिटिश बाट भारत स्वत्रन्त्र भए पछि पनि भारतको अर्को राज्य गोवा पोर्चुगलको अधिनमा थियो, पछि सायद नेरुको पालामा भारतमा बिलय गराइयो ।त्यश बाट हौसीएको भारतले इन्दिरा गान्धी प्रधानमन्त्रि हुदा नेपाल पनि बिलय गराउन खोजेकै हुन् , तर भारत सिक्किमलाइ भने बिलय गराउन सफल भयो ।
ब्रिटिशहरुले भारतमा धेरै बिकाश निर्माणका कामहरुको सुरुवात गरे छरियर रहेका थुप्रै राज्यहरुलाइ एकीकरण गरे । हामीले सुनेकै छौ, राजस्थानका राजपरिवार राजमाता गायत्री देबी केहि बर्ष अगाडी सम्म जीवित थिइन । सुसिल राज सिंधे, माधब राज सिंधे पनि एउटा प्रान्तका राजपरिवार हुन् । सेफअलि खानका परिबार पनि पहिलेको एक प्रान्तको राजपरिवार हुन् । त्यशैले ब्रिटिशहरुले गर्दानै भारत यति बिशाल देश बन्यो । ब्रिटिशहरुले नै भारतमा सिक्षा, स्वास्थ र बिकाश निर्माण सुरु गरेका हुन्, र त् आज भारतीयहरुको अंग्रेजी यति राम्रो छ । आज संसार भरि ब्यापार गर्न र बिभिन्न पेशा गर्न सक्षम भएका छन् । तर हामीलाई राणाहरुले अक्षर चिन्न समेत दिएनन त्यसैले हाम्रो समाज यति पछाडी पर्यो ।
हामीलाई ब्रिटिशले समेत लिन सकेन र त् तत्कालिन नेपाल संग एउटा सम्झौता गर्न पर्यो र नेपाल बहादुर र बलियो हुदाहुदै सानो राज्य बन्न पुग्यो । यदि ब्रिटिशले भारत छोड्दा हामीले गुमाएको भुमि फिर्ता पाउनु पर्छ भनेर त्यति बेलाको नेपालको सरखारले भनेको भए साएद फिर्ता हुन् सक्थ्यो होला । अब आएर फिर्ता पाउनु असम्भव जस्तै छ । अब हुने नेपाल-भारत सन् १९५० को शान्ति तथा मैत्री सन्धि पुनरावलोकन बार्तामा नेपालले के के फिर्ता पाउछ र के नयाँ अधिकार पाउछ भन्ने चाँही हेर्न बाँकी छ । त्यसका लागि नेपालले होसियारी पुर्बक आफ्ना एजेन्डा राख्न्नहरु सक्नु पर्दछ ।
Comments[ 0 ]
Post a Comment