#
|
|

एजेन्सी । भारतको उडिसामा एक व्यक्तिले आफ्नो पत्नीको शव एक्लै काँधमा बोकेर १२ किलोमिटर सम्म हिँडेका छन् । उपचारका क्रममा मृत्यु भएकी पत्नीको शव उनले एक्लै बोकेर त्यति लामो दुरी हिँडेका हुन् ।
जुन अस्पतालमा उनको मृत्यु भयो सो अस्पतालले एम्बुलेन्स उपलब्ध गराउन इन्कार गरेपछि उनी पत्नीको शव बोकेर हिँड्न बाध्य भएका हुन् । १२ किलोमिटर हिँडिसकेपछि पत्रकारको पहलमा उनले एम्बुलेन्स पाएका थिए ।
स्थानीय प्रशासनले पनि १२ हजार रुपैयाँ क्षतिपूर्ती दिने निर्णय गरेको बीबीसीले जनाएको छ । शव बाहनलाई दिने पैसा नभएपछि उनले आफ्नो पत्नीको शव बोकेर हिँडेको भारतीय संचारमाध्यामले जनाएका छन् । (हेर्नुस भिडियो)
Comments[ 0 ]
Post a Comment