#
|
|

२१ साउन, काठमाडौं ।
भदौ ८ गतेका लागि निर्धारित नेपाल–चीन अर्थसचिवस्तरीय बैठक ‘अचानक’ स्थगित भएको छ । नेपालमा पुष्पकमल दाहाल नेतृत्वको सरकारले अघिल्लो सरकारले चीनसँग गरेको सम्झौता र सहमति कार्यान्वयन नगर्ने हो कि भन्ने आशंकाको बीच अर्थ सचिवस्तरीय बैठक स्थगित भएको छ ।
अर्थ मन्त्रालयका अधिकारीहरु नेपालको पछिल्लो राजनीतिक परिवर्तनका कारण बैठक स्थगित भएको भन्न स्वीकार्दैैनन् । ‘चिनियाँ पक्षयले आन्तरिक कारण देखाउँदै अर्थ सचिवस्तरीय बैठक हुन नसक्ने गराएको छ । बैठकको नयाँ मिति तय भएको छैन ,’ अर्थ मन्त्रालयका वैदेशिक सहायता समन्वय महाशाखाका उपसचिव प्रेम उपाध्यायले भने ।
चिनियाँ पक्षले आन्तरीक कारण देखाए पनि खास कारण खुलाएको छैन । परराष्ट्र मन्त्रालयमा चीन महाशाखा हेर्ने सहसचिव झविन्द्र अर्याल नेपाल–चीन अर्थ सचिवस्तरीय वार्ता स्थगित भएको औपचारिक जानकारी आइनसकेको बताए । ‘बैठक स्थगित नभई केही समय पर सरेको बुझिन्छ ,’ उनले भने । आजको अन्नपूर्ण दैनिकमा खबर छापिएको छ ।
Comments[ 0 ]
Post a Comment