#
|
|

एकैसाथ दुई छिमेकी भेट्न विशेष दूत पठाएर प्रचण्डले निकै कौशलपूर्ण कूटनीतिको थालनी गरे’- परराष्ट्र मामिलाका जानकारहरु यसो भन्छन्। चिनियाँ थिंकट्यांकको टोलीले यसअघि नै नेपाल आएर आफ्ना राष्ट्रपतिको सम्भावित भ्रमणको वस्तुस्थिति र प्रभावबारे अध्ययन गरिसकेको थियो।
उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा प्रचण्डको निम्तो पुर्याएर बेइजिङबाट स्वदेश फिर्ता भइसके। र, अहिले निकै चर्को स्वरमा प्रचार गरिदैँछ- राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण पक्का भयो। तर स्रोतकाअनुसार, चीनका कुनै पनि जिम्मेवार नेताले महरासंग राष्ट्रपतिको नेपाल भ्रमण हुने पक्काचाहिँ गरेका छैनन्। त्यसो त चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले उल्टै महरालाई निकै कडा केरकार गरेको पाइयो।
उनको प्रश्न थियो- ‘सानातिना बाम पार्टीसंग त एकता गर्नुभो तर विप्लव, वैद्यलगायतका ठूला माओवादीसंग चाहिँ के गर्नुहुन्छ? तिनीहरुलाई कसरी विश्वासमा लिनुहुन्छ? अनि एमालेसंगको सम्बन्ध कस्तो छ? भारतसंग बिग्रिएको सम्बन्ध कसरी सुधार्नु हुन्छ? महराले भेट गरेका तीन जना ठूला नेतामध्येका ताओले प्रश्नको वर्षा नै गरे भने परराष्ट्रमन्त्री र प्रधानमन्त्रीले पनि राष्ट्रपति नेपाल आउँछन् नै भनेर ठोकुवा गरेनन्। जानकार स्रोत भन्छ, राष्ट्रपति सि नेपाल आउने निश्चित भो भनिहाल्ने गरी त्यताबाट स्वीकारोक्तिचाहिँ आएको छैन।
Comments[ 0 ]
Post a Comment