#
|
|
काठमाडौं, २५ साउन । पूर्व राजा ज्ञानेन्द्र दुई हप्ता लामो युरोप भ्रमण सकेर आज मंगलबार स्वदेश फर्कदै छन् । उच्च राजनीतिक स्रोतका अनुसार ज्ञानेन्द्रको पारिवारिक भ्रमण भनिएपनि भ्रमण राजनीतिक थियो । उनले युरोपमा रहँदा अमेरिकी प्रतिनिधिसहित भारतीय सत्तारुढ र विपक्षी दलका नेताहरुलाई समेत भेटेका थिए । केपी ओली सरकारविरुद्ध देउवा–प्रचण्ड गठबन्धनले संसदमा अविश्वासको प्रस्ताव हालेपछि दुईहप्ता पूर्व युरोप भ्रमण निस्किएका पूर्व राजा ज्ञानेन्द्र स्वदेश फर्किन लागेका छन् ।
ज्ञानेन्द्रलाई स्वागत गर्न देशभरबाट राप्रपा नेपालले भित्री रुपमा ह्वीप जारी गरेका छन् । नियती वा संयोग कस्तो रह्यो भने ज्ञानेन्द्र युरोप भ्रमणमा हान्निएको समयमै नेपालमा ओली सरकारको बहिगमन र कांग्रेसको आडमा प्रचण्ड सरकारको आगमन भयो । अनि उनी फर्कने दिनमै कमल थापा नेतृत्वको राप्रपा नेपाल र पशुपति शमशेर जबरा नेतृत्वको राप्रपाबीच एकता हुने भएपनि अन्तिम समयमा आएर एकता नहुने भएको छ । ।
स्रोतका अनुसार एकता भएको भए कमल थापा प्रचण्ड सरकारमा सामेल हुने र राजतन्त्रको मुद्धा उठाउने भित्री सहमति भइसकेको र यसमा देउवा प्रचण्ड र मधेशवादीहरु समेत सहमत भएको बुझिएको छ । यो गठबन्धनलाई पनि भारत, अमेरिका युरोपको समर्थन रहेको स्रोतले बताउँछ । यी सबै घटना दरबार हत्याकाण्डजस्तै ‘हार्ड कु’ नभएर ‘सफ्ट कु’मार्फत ओली विस्थापनमार्फत् चीन घेर्ने रणनीतिअन्तर्गत भइरहेकोले यसमा चीनको समर्थन नहुँदा अत्तालिएका छन् ।
सरकारबाट बाहिरिएका केपी ओली लोकप्रिय र शक्तिशाली विपक्षी दलका नेता बन्न पुग्नु अनि चीनको समेत सहानुभूति रहेकोले इन्डो–पश्चिमा केन्द्रले माधव–झलनाथ–बामदेवलाई अगाडि सारेर ओली घेर्ने रणनीति लिएको बताइएको छ । यसपछि कमल थापालाई सरकारमा पठाउने, निर्वाचन हुन नदिने र संवैधानिक भ्याकुम कायम गरेर इन्डो–पश्चिमा मोडलको राजतन्त्र पुनस्र्थापनको प्रयत्न भइरहेको स्रोतको दाबी छ ।
Comments[ 0 ]
Post a Comment