#
|
|

नेकपा एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री केपीओलीसँग चिनियां राजदुत उ चुन्ताईले ओली निवास बालकोटमा भेटवार्ता गरेका छन् । शुक्रवार भएको भेटवार्तामा ९ महिना सरकारको नेतृत्व गर्दा नेपाल र चीनबीच द्धिपक्षीय दिर्घकालीन हितका बिषयमा महत्वपुर्ण सम्झौताहरु भएको भन्दै तीनको कार्यान्वयन हुने बिश्वास राजदुतले व्यक्त गरेका थिए ।
उनले नेपाल र चीनबीच ‘कनेक्टिभिटी’, नेपालको बिकासमा चिनियाँ लगानी र सहयोगलाई द्धिपक्षीय समझदारीमा अघिद्ध बढाइएको र त्यसका सकारात्मक परिणामहरु आइरहेको समेत राजदुतले बताएका थिए ।
करिव एक घण्टा भएको वार्तामा नेपालको विकासमा चीन सधै सहयोगी रहने समेत राजदुत चुन्ताइले बताएका थिए ।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो कार्यकालमा नेपाल र चीनबीच पारबहन तथा यातायात लगायतका ऐतिहासिक सम्झौता भएकोमा सन्तोष लागेको भन्दै तीनले नेपालको बिकासलाई अघि बढाउन महत्वपुर्ण भूमिका खेल्ने बताएका थिए । नेपालको बिकासमा दुबै छिमेकी चीन र भारतलाई उत्तिकै महत्वकासाथ सहभाही हुन आग्रह गरिएको र सन्तुलनका आधारमा बैदेशिक सम्बन्ध अघि बढाएको बताएका थिए ।
चीनसंगका सम्झौता र समझदारी नेपालको हितमा रहेको भन्दै तीनलाई कुनै देश लक्षित रुपमा ब्झ्नु नहुने बताएका थिए । यसअघि शुक्रबारै नेपालका लागि बेलायती राजदुत रिचार्ड मोरिसले पनि अध्यक्ष ओलीसंग बालकोट निवासमा भेट गरेका थिए ।
त्यसक्रममा नेपाल र बेलायतबीचको सम्बन्ध सुमधुररुपमा अघि बढेको भन्दै त्यसलाई अध्यक्ष ओलीलाई धन्यवाद व्यक्त गरेका थिए ।
Comments[ 0 ]
Post a Comment