#
|
|

काठमाडौं, ८ भदौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिपक्षमा भएपनि एमालेले मुलुक र जनताको हितमा गर्ने राम्रा काममा सरकारलाई सहयोग गर्ने बताएका छन् ।
एमाले अध्यक्ष ओलीले बुधबार विहान सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा एमाले सधैं मुलुक र जनताको हित चाहने पार्टी भएको भन्दै सरकारले चाल्ने राम्रा कदमप्रति सहयोग गर्ने बताएका हुन् । उनले प्रतिपक्षी दल भएपनि एमालेले विरोधका लागि विरोध नगर्ने भन्दै सरकारलाई सहयोग गर्ने नाममा अन्धोरुपमा भने समर्थन नगर्ने बताए ।
उनले सरकारले मुलुकको अहित हुने काम गर्न खोजे एमालेले व्यवधान खडा गर्ने भने स्पष्ट पारे । एमाले अध्यक्ष ओलीले मुलुकको विकासका लागि सक्रिय भएर काम गर्न सांसद्हरुलाई निर्देशन समेत दिए । उनले सांसद्हरुले डेडिकेशन फर द नेशनको भावना अनुसार काम गर्नुपर्नेमा जोड दिँदै प्रतिपक्षी दलका सांसद्ले शान्त भएर बस्न नहुने बरु गतिशील र सक्रिय हुनुपर्ने बताए । एमाले अध्यक्ष ओलीले पार्टीले लिएका नीतिको पक्षमा तर्कपूर्ण रुपमा प्रस्तुत हुन पनि सांसद्हरुलाई निर्देशन दिए ।
Comments[ 0 ]
Post a Comment