#
|
|

कांग्रेसका युवा नेता गगन थापा पहलोपटक मन्त्री बन्न लागेको छन् । शुक्रबार बिहान कांग्रेसका तर्फबाट ११ मन्त्रीले सपथ लिने कार्यक्रममा थापाले सपथ लिने टुंगो लागेको सभापति शेरबहादुर देउवा निकट स्रोत जानकारी दिएको छ ।
‘भीमसेनदा प्रधान की गगन थापा भन्ने टुंगो लागेको थिएन, अब गगनलाई सहरी विकास मन्त्रालयको जिम्मेवारी दिने टुंगो लागेको छ ।’ देउवा निकट स्रोत भन्छ ।
प्रचण्ड नेतृत्वको सरकारमा युवा नेता थापा कांग्रेसबाट कृष्णप्रसाद सिटौला पक्षबाट मन्त्री बन्न लागेका हुन् । थापा संविधानसभा निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित भएका थिए ।
काटिएको नाम पुनः सच्चाइयो
स अघि ससुरा अर्जुननरसिंह मन्त्री हुने पक्का भएपछि ज्वाईं गगन थापा भने मन्त्री नहुने भन्दै गगनको नाम काटिएको थियो । गगनका ससुरा अर्जुन शेरबहादुर गुटमा छन् । अर्जुन शिक्षा मन्त्री बन्ने लगभग पक्का पक्की जस्तै छ ।
थापा कृष्ण सिटौलाको तेश्रो गुटबाट मन्त्री बन्न लागेका हुन् । उनको नाम करिव करिव टुङ्गो लागेको र अन्तिममा फेर बदल नभए गगन मन्त्री हुने पक्का भएको एक नेताले बताए । ज्वाइँ ससुरालाई सँगै मन्त्री नबनाउने भन्दै उनको ठाउँमा भिमसेनदास प्रधानलाई मन्त्री बनाउन लागिएको थियो । गगन लोकप्रिय युवा नेता भएका कारण उनलाई मन्त्री बनाउन पार्टी भित्र ब्यापक दवाव भएपछि उनको नाम काटेर पनि पुनः सच्चाइएको हो ।
Comments[ 0 ]
Post a Comment