#
|
|

एजेन्सी । विश्वको सबैभन्दा लामो तथा ठूलो बिमान एयरल्याण्डर १० परीक्षण उडानका क्रममा दुर्घटना भएको छ ।
३ सय २ फिट लामो बिमान कार्डिगटन बिमानस्थलबाट उडान भर्ने क्रममा दुर्घटनाग्रस्त भएको बीबीसीले जनाएको छ । २ दशमलब ५ करोड पाउण्ड मूल्य पर्ने विमानको ककपीटमा क्षति पुगेको छ ।
बिमान बनाउने कम्पनीले उडान सही तरिकाले भरेपनि अवतरणका क्रममा दुर्घटना भएको र सबै यात्रु सुरक्षित रहेको बीबीसीले जनाएको छ । बिमानको एक तिरबाट तार झुण्डिरहेको र त्यहि तार टेलिफोनको एउटा खम्बामा ठोकिएर दुर्घटना भएको भन्ने भनाई कम्पनीले अस्विकार गरेको छ ।
बिमानको देस्रो परीक्षण उडान भएको अधिकारीहरुले बताएका छन् । यसअघि गएको अगस्ट १७ मा पहिलो पटक परीक्षण उडान भएको थियो । यसलाई ‘फ्लाइङ बम’को उपनामले पनि चिनिने अन्तराष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।
Comments[ 0 ]
Post a Comment