#
|
|

पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले काभ्रे बस दुर्घटनाका घाइतेहरुको अवस्थाबारे अस्पताल पुगेर जानकारी लिएका छन् ।
मंगलबार बनेपास्थित शिर मेमोरियल अस्पताल पुगेर ओलीले काभ्रे दुर्घटनाका घाइतेको अवस्थाबारे जानकारी लिएका हु्न् ।
घाइतेहरुलाई सहानुभुती दिन पुगेका ओली अन्य घाइते रहेको धुलिखेल अस्पताल पनि पुगेका थिए । पूर्व प्रधानमन्त्री ओलीले दुर्घटनाबाट बाँचेकाहरुलाई राम्रो उपचारका लागि आवश्यक पहल लिने बताए ।
धुलीखेलपछि ओली चावहिलस्थित अस्पतालमा घाइतेको अवस्था बुझ्न पुगेका छन् ।
प्रधानमन्त्रीबाट बाहिरिने क्रममा लोकप्रिय रहेका ओलीको यो कदमले पनि उनलाई थप लोकप्रिय बनाउने अनुमान गरिएको छ । यस अघी सरकारका गृहमन्त्री विमलेन्द्र निधीले पनि अस्पताल पुगेर दुर्घटनाका घाइतेको जानकारी लिएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुर्घटनाका घाइतेलाई उद्दार गर्न सबै संयन्त्र परिचालन गर्न र उपचारका लागि कुनै कमी नबनाउन निर्देशन दिएका थिए । यद्यपी उनी अस्पताल गए नगएको जानकारी सचिवालयले दिएको छैन ।
Comments[ 0 ]
Post a Comment