#
|
|
२६ साउन, काठमाडौं । भारतीय नम्बर प्लेटको एउटा गाडि भद्रकाली हुँदै सिंहदरवारतर्फ अगाडि बढ्यो । तर, प्रहरीले त्यसलाई फर्काइदियो ।
नेपालमा भारतीय नम्बर प्लेटका गाडी निर्वाध चल्नु सामान्य हो तर, नेविसंघको महाधिवेशन प्रचार प्रसारमा प्रयोग भएको सो गाडी प्रहरीहरुले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवारतर्फ अगाडि बढ्न दिएनन् ।
नेविसंघको महाधिवेशनमा अहिले भारत विहारको नम्बर प्लेट लगाइएको स्कार्पियो गाडी प्रयोग भइरहेको छ ।
गाडीको अगाडि नेविसंघको झण्डा र पछाडि आफ्नो फोटो अंकित ब्यानर राखेर नेताहरु हुइँकिन्छन् ।
भारतीय गाडी प्रयोग गर्नेमा अध्यक्ष पदका दाबेदार शुभराम बस्नेत पनि हुन् । उनले गाडीको पछाडिपट्टी नेविसंघको झण्डा र तल आफ्नो नाम अंकित ब्यानर राखेका छन् ।
मशाल र कलम अंकित नेविसंघको झण्डाको तल रातो ब्यानरमा लेखिएको छ ‘शुभराम बस्नेत अध्यक्ष पदका दाबेदार ।’
बस्नेत कांग्रेस नेता खुमबहादुर खड्का निकट मानिन्छन् । उनी शंकरदेव क्याम्पसका पूर्वस्ववियु सभापति हुन् ।
Comments[ 0 ]
Post a Comment