#
|
|

चिनियाँ नौसेनाले पूर्वी चीन सागरमा सैन्य अभ्यास शुरु गरेको छ । आफ्नो स्थापना दिवसको अवसरमा चिनियाँ सेनाले यस्तो सैन्य अभ्यास थालेको हो ।
चिनियाँ नौ सेनाले पूर्वी चीन सागरमा दर्जनौं मिसाइल र टर्पिडो समेत प्रहार गरेको छ ।
चिनियाँ सेनाले पूर्वी चीन सागरमा आफ्नो इलेक्ट्रोम्याग्नेटिक प्रभाव कायम राख्दै आक्रमणको तिव्रता, सटिकता र स्थिरता बढाउन यो अभ्यास गरिएको जनाएको छ । चिनियाँ नौसेनाले समुन्द्रमा सचना प्रद्योगिकमा आधारित युद्ध घातक हुने र यसका लागि तत्काल जवाफ दिने तयारी अवस्थामा रहनु पर्ने पनि भनेको छ ।
२ दिन अघि मात्र चिनियाँ राष्ट्रपति शी जिनपिङले आफ्नो देशको सेनालाई युद्ध जित्नका लागि तयार रहन आदेश दिएका थिए । युद्ध जित्नका लागि सेना तयारी अवस्थामा रहनु पर्ने र थप मजबुद हुनु पर्ने उनको भनाइ थियो ।
चिनियाँ पिपिल्स लिवरेसन आर्मी पिएलए संसारकै सबैभन्दा ठूलो सेना मानिन्छ । चिनिायँ सेनामा २३ लाख जवान रहेको विश्वास गरिन्छ ।
चिनियाँ सेनाले गत आइतबार ८९ औं स्थापना दिवस मनाएको थियो । चीन संसारको एक मात्र यस्तो देश हो जहाँ सेना पूर्णरुपमा सत्तारुढ दलको नियन्त्रणमा रहन्छ ।
दक्षिणी चीन सागरमा बढिरहेको तनावप्रति लक्षित गर्दै चिनियाँ राष्ट्रपतिले यस्तो आदेश दिएको अनुमान गरिएको छ । चीन साउथ चाइना सीमा भारत, अमेरिका लगायतका देशले अनावश्यक चासो राखेको भन्दै क्रुद्ध छ ।
चीनले आफूलाई चारैतिरबाट घेरिरहेको आरोप भारतले लगाउने गरेको छ । सन् १९६२ को युद्धमा कश्मिरको अक्साइ चीनमाथि कब्जा जमाएको थियो । आरुणाचल प्रदेशमा चीन र भारत दुवैले दावी गर्दै आएका छन् ।
Comments[ 0 ]
Post a Comment