#
|
|

काठमाडौं, २६ साउन । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार ‘रिमोट’बाट चलेको आरोप लगाएका छन् । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै ओलीले त्यस्तो कुरा बताएका हुन् ।
ओलीले कांग्रेस्–माओवादी केन्द्रवीचको गठबन्धन देशलाई संवैधानिक र राजनीतिक रिक्ततामा लैजाने षडयन्त्रबाट बनेको आरोप लगाएका छन् । ‘यो रिमोटबाट चलेको सरकार हो । रिमोट कहाँबाट चल्छ भन्ने हामीलाई थाहा छ भने टिभी च्यानल किन फेरियो भनेर हामीले इस्यू बनाउँदैनौं ।’ ओलीले भने -‘अहिलेको गठबन्धन निर्माणमा गरिएका सम्झौताहरुलाई एमालेले कुनै हालतमा अनुमोदन गर्दैन ।’
आफ्नो पार्टीले प्रतिशोधको राजनीति नगर्ने ओलीले बताए । ‘एमालेले प्रतिशोधको राजनीति गर्दैन, संविधान संशोधन औचित्यको आधारमा गर्नुपर्छ ।’ उनले भने, ‘एमालेले प्रतिशोधको राजनीति गर्दैन र इगो राख्दैन ।’ उनले राजदूत सिफारिस फिर्तालाई प्रतिशोधको राजनीति भने । ओली सरकारका पालामा राजनीतिक आधारमा सिफारिस भएका १४ राजदूत सिफारिस भएका थिए ।
Comments[ 0 ]
Post a Comment