#
|
|

२१ साउन, काठमाडौं । प्रधानमन्त्री प्रचण्डको प्रमुख स्वकीय सचिवमा जोखबहादुर महरा नियुक्त भएका छन् । माओवादीको पोलिटब्युरो सदस्यसमेत रहेका महरा प्रचण्ड प्रधानमन्त्री नहुँदैदेखि स्वकीय सचिव थिए ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिवको सेवा सुविधा नेपाल सरकारको सचिव सरह हुन्छ ।
यसैगरी प्रधानमन्त्रीको स्वकीय सचिवमा रमेश मल्ल नियुक्त भएका छन् । मल्ल अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष हुन् । अखिल क्रान्तिकारीको एकता भेलापछि मल्ल विद्यार्थीको फ्रयाक्सन सहइञ्चार्ज छन् । उनी विद्यार्थी विशेष जिल्ला समितिको इन्चार्ज पनि छन् ।
त्यसैगरी मनहरी तिमल्सिना र पूर्ण कार्की पनि सचिवालयमा छन् । तिमिल्सिनाले पोखरामा बसेर पत्रकारीतासँगै बुद्धिजिवी संगठनमा रहेर काम गर्दै आएका थिए । प्रचण्ड प्रधानमन्त्री नहुँदैदेखि कार्की सचिवालयमै थिए । नेवा राज्य
फोटो पत्रकारका रुपमा दिनेश श्रेष्ठ नियुक्त भएका छन् । प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा पनि श्रेष्ठ फोटो पत्रकारका रुपमा नियुक्त भएका थिए ।
प्रेस सल्लाहकारमा आचार्यको सम्भावना
प्रधानमन्त्रीको टीममा अन्यको भने टुंगो लागेको छैन । प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा प्रेस सेन्टर नेपालका संयोजक गोविन्द आचार्यको चर्चा छ । आचार्य नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्षसमेत हुन् ।
यसैगरी प्रेस संयोजकको रुपमा गोविन्द रोका (सचिन)लाई लैजाने तयारी भइरहेको छ ।
‘सचिवालय सानो र चुस्त हुन्छ’
आफ्नो सचिवालयलाई सानो र चुस्त बनाउने प्रधानमन्त्री प्रचण्डले तयारी गरेका छन् ।
सचिवालयमै रहेर काम गर्दै आएका प्रचण्ड पुत्र प्रकाश दाहालले भने, ‘सचिवालय सानो, चुस्त दुरुस्त हुन्छ, ताकि काम गर्न सहज होस् ।’
सरकारलाई आर्थिक भार पनि नपरोस् भनेर सानो सचिवालय बनाउन लागेको दाहालले बताए ।
‘अरु प्रधानमन्त्रीले झण्डै ५० जनालाई सचिवालयमा राख्थे हामीले त त्यसको आधा पनि बनाउँदैनौं,’ उनले भने ।
Comments[ 0 ]
Post a Comment