#
|
|

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाइ दिएका छन् ।
प्रचण्ड प्रधानमन्त्री बने लगत्तै फोन गरेर मोदीले प्रचण्डलाई बधाइ दिनुका साथै भारत भ्रमणको निम्तो समेत दिएको प्रचण्ण्डको सचिवालयले जनाएको छ ।
प्रचण्ड आजै मात्र संसदबाट ३६३ मत प्राप्त गरी देशको ३९ औं प्रधानमन्त्रीमा चुनिएका थिए । टेलिफोनमा मोदीले प्रचण्डलाई सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।
यस अघि प्रधानमन्त्री बन्दा प्रचण्डले पहिलो विदेश भ्रमणकोरुपमा चीन भ्रमण गरेका थिए । यस पटक उनले के गर्लान् त्यो भने हेर्न बाँकी छ ।
Comments[ 0 ]
Post a Comment