#
|
|
नेकपा एमालेका सचिव योगेश भटराईले वर्तमान सरकार चुनावबाट भाग्न खोजे सडकबाट तानेर भएपनि चुनावमा सहभागी गराउने बताएको छ । प्रचण्ड नेतृत्वको नयाँ सरकार चुनावबाट भाग्न खोजेको आरोप लगाउँदै भटराईले कुनै हालतमा भाग्न नदिने बताए ।
प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा गरेको कार्यक्रममा भटराईले एमाले प्रतिपक्षमा भएपनि संविधान कार्यान्वयनमा सशक्त भूमिका खेल्ने उल्लेख गरे । अहिलेको सरकार तालमेल नमिलेको सरकार भएकाले जुनसुकै बेला ढल्न सक्ने हुँदा चुनावी सरकारको नेतृत्व एमालेले नै गर्ने उनले दावी गरे ।
Comments[ 0 ]
Post a Comment