काठमाडौं २४ साउन– गोरखाको फिलिमबाट बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको ‘नाइन एन एके ए’ कलसाइनको हेलिकोप्टर दुर्घटना अवस्थामा नुवाकोटको बेतिनी बनको शिरानमा भेटिएको छ । घटनामा शिशुसहित ७ जना परेको बताइएको छ ।
नवजात शिशु बिरामी भएका कारण उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै गरिएको थियो । हेलिकप्टरमा सिर्दिवास गाविस– २ फिलिमकी लक्ष्मी गुरुङ र सुनसरी घर भई गोरखाको ‘फेज नेपाल’मा कार्यरत स्वास्थ्य कार्यकर्ता निशा तामाङ समेत सवार थिइन् ।
गोरखा जिल्लाको दुर्गम भेगको उक्त गाविसमा यातायात असुविधा भएका कारण हेलिकप्टर चार्टर गरिएको बताइएको छ । हेलिकप्टरका चालक रञ्जन लिम्बू सहित सिर्दिवास गाविस– २ फिलिमका ६० वर्षीय कितमान गुरुङ, उनकी ५६ वर्षीया श्रीमती, १९ वर्षीया सुत्केरी बुहारी प्रीति र उनको पाँच दिनको नवजात शिशु सवार रहेका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिनुभयो । फोटो :
Comments[ 0 ]
Post a Comment