#
|
|
काठमाडौं, २० साउन । काठमाडौं–परिवार दलका अध्यक्ष तथा निवर्तमान शान्तिमन्त्री एकनाथ ढकाल र बहुजन शक्ति पार्टीका अध्यक्ष तथा निवर्तमान विज्ञान तथा वातावरणमन्त्री विश्वेन्द्र पासावानले मतविभाजनको बेला प्रचण्डलाई मतदान गरे ।
सरकारकै लबीमा बसेर प्रचण्डलाई मत दिएपछि उनीहरु मन्त्रीकै झण्डावाल गाडीमा चढेर संसद परिसरबाट बाहिरिएका थिए ।
निर्वाचन आयोगले पार्टी नै खारेजी गरिसके पनि संसद पदमै रहेका समाजवादी जनता दलका अध्यक्ष पूेम बहादुर सिंहले ओली सरकारविरुद्व अविश्वास प्रस्ताव आएपछि मन्त्रीपरिषद् छाडेका थिए ।
उनले बुधबार प्रचण्ड प्रधानमन्त्री चुनिएसँगै कोटको खल्तीबाट झिकेर दुबोको माला लगाइदिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Comments[ 0 ]
Post a Comment