#
|
|

शाहरुख खानसँग ‘दिल से’ र सलमान खानसँग ‘खोमाशी’ र बबी दोओलसँग ‘गुप्त’ जस्ता बलिउड फिल्ममा अभिनय गरेर कुनै बेला झण्डै झण्डै नम्बर एक अभिनेत्री बनेकी मनीषा कोइरालाले मंगलबार आफ्नो ४६ औं जन्मदिन मनाउँदैछिन् ।
मनीषाले लामो समय सम्म बलिउडमा राज गरेकी थिइन् । उनको अभिनय र सुन्दरता दुवै बलिउडमा मन पराइएका थिए ।
मनीषा बलिउडमा चर्चित मात्र होइन विवादमा पनि परेकी थिइन् । करिअरको उतार चढावका क्रममा मनीषा मदिरा सेवन गरेर सार्वजनिकस्थलमा पनि देखिइन् ।
सन् १९८९ मा नेपाली फिल्मबाट करिअर शुरु गरेकी मनीषाले सन् १९९१ मा ‘सौदागर’ मा देखिएकी थिइन् । त्यसपछि उनको करिअर उकालो लाग्यो । ९० को दशकमा उनले सबैभन्दा चर्चित सेलिब्रेटीसँग काम गरिन् ।
मनीषाले सलमान खान, शाहरुख खान, आमिर खान, गोविन्दा र सञ्जय दत्त जस्ता सेलिब्रेटी मात्र होइन नाना पाटेकर जस्ता चरित्र अभिनेतासँग पनि काम गरिन् ।
तर करिअर डाउन हुन थालेपछि भने मनीषा नशामा डुब्न थालिन् । मदिरा देखि लागु औषध सम्म उनले सेवन गरिन् ।
मनीषाले कैयौं पटक मदिरा सेवन गरेर सार्वजनिक स्थलमै झगडा समेत गरिन् । उनलाई एक पटक मदिराको नशमा अरुको सहारामा हिँड्नु परेको तस्विर समेत पत्रकारहरुले प्रकाशित गरेका थिए ।
ड्रग एडिक्ट भएपछि कैयौं पटक चिकित्सकको समेत सहारा लिनु परेको थियो । मदिरा सेवन गर्न छोडेपछी उनलाई क्यान्सर लाग्यो।
सन् २०१० मा नेपाली युवक सम्राट दाहालसँग विवाह गरेकी उनी सन् २०१२ मै सम्राटसँग छुट्टिइन् । सन् २०१२ मै उनलाई पाठेघरको क्यान्सर हुन पुग्यो ।
उनी अमेरिका गएर लामो उपचार गरेर फर्केकी थिइन् । सन् २०१५ मा उनी फिल्मी जीवनमा फर्किइन् । तर उनले मुख्य भूमिका भने पाएकी छैनन् ।
Comments[ 0 ]
Post a Comment