#
|
|

२ भदौं, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपत्यकामा आवातजावत गर्नको लागि जनताले दुःख पाइरहेका बताएका छन् । उनले साँघुरो सडक र अत्याधिक सवारी साधन रहेपनि सहज र सुविधाजनक सवारी साधन नहुदा जनताले दुःख पाएको बताएका छन् ।
उपत्यकाका जनतालाई आवातजावत गर्नको लागि साझा बस थप्नका लागि प्रचण्डले साझा यायातातका कामु कार्यकारी निर्देशक महन्द्रराज पाण्डेसँग छलफल गरेका छन् ।
उपत्यकामा तीस वटा साझा बस थप्नेबारे प्रचण्डले प्रधानमन्त्री निवास वालुवाटारमा पाण्डेसँग छलफल गदै उपत्यकामा आवातजावतका लागि दुख पाइरहेका जनतालाई जसरी पनि राहत दिन आवश्यक भएको बताए ।
काठमाडौंको ट्राफिक जाम, यात्रुको सास्तीलाई मध्यनजर गरी साझा बस थप्नेबारे ठोस निर्णयमा पुगौं, प्रचण्डले भने ।
प्रधानमन्त्रीले सम्वद्ध पक्षहरुसँग छलफल र गृहकार्य गरेर कम्तिमा तीस वटा साझा बस थप्न आवश्यक रहेकोमा कामु निर्देशकको ध्यानाकर्षण गरेका थिए । भेटमा निर्देशक पाण्डेले प्रधानमन्त्रीको चासो निकै महत्वपूर्ण रहेको भन्दै आवश्यक गृहकार्य गरेर निष्कर्षमा पुग्ने बताएका थिए ।
Comments[ 0 ]
Post a Comment