#
|
|

११ भदौ, काठमाडौं । नेकपा एमालेका नेता लालबाबाबु पण्डिले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध मधेसी मोर्चालाई मन्त्री बन्न र सत्ता हत्याउन बाहेक मधेसी जनताको पक्षमा सिन्को समेत नभाँचेको आरोप लगाएका छन् ।
एमालेको केन्द्रीय स्कूल विभागद्धारा शनिबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व सामान्य प्रशासन मन्त्री समेत रहेका नेता पण्डितले मधेसवादी दलहरुले सत्ताको लागि पार्टी टुक्रा टुक्रा बनाएको बताए । अहिले पनि मधेशी नेताहरु केही सरकारमा जाने र केही सरकार वाहिर वस्ने वहसमा रहेको बताउदै उनले गजेन्द्रनारायण सिहले खोलेको पार्टी सत्ताको लागि टुक्रा टुक्रामा विभाजित भएको उदाहरण दिए ।
उपेन्द्र यादवहरु आफूलाई गोपालवंशीका सन्तान भन्दछन तर काठमाडौमा सवैभन्दा शासन चलाउने उनीहरु नै हुन, यसकारण उनीहरुलाई कहाँ विभेद भयो त ? पण्डितले प्रश्न गरे । सरकारमा दौरासुरुवाल, टोपी लगाउने र नेपाली भाषामा भाषण गर्ने, सरकारबाट बाहिरएपछि हिन्दी वोल्ने यो कस्तो संस्कृती हो ? भन्ने प्रश्न गदै उनले भने,‘मधेश मुलका ५६ जना भन्दा वढी मन्त्री भए तिनीहरुले मधेशलाई के दिए त ?’ तराईका सदरमुकाम जाने सम्पुर्ण वाटोहरु कच्ची र विग्रिए पनि मधेशी नेताले केही नगरेको बताउदै पण्डितले मधेसवादी दलका नेताहरु काठमाडौमा तीन चार वटा घर बनाउदैमा व्यस्त भएको बताए ।
Comments[ 0 ]
Post a Comment