#
|
|
प्रधानमन्त्री र मन्त्रीको सपथ गराउने तयारी भइरहँदा सत्तारुढ प्रमुख दल नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षधरले सम्माजनक सहभागिता नपाए मन्त्रिमण्डलमा नै सहभागी नहुने निर्णय गरेको छ ।
आज केही मन्त्री टुग्याएर देउवाले सपथ गराउने तयारी गरिरहेको समयमा पौडल पक्षले यस्तो निर्णय गरेको हो ।
आफू पक्षधर नेताको भेलापछि पौडेल पक्षले मन्त्रालयको नामसहित अग्रिम छलफल गराएर सम्मानजनक सहभागिता नगराए आफ्नो पक्ष मन्त्रिमण्डलमा नै सहभागी नहुने निर्णय गरेको हो ।
मन्त्रालयको नामसहित अग्रिम छलफल गरेर सरकारमा सम्मानजनक सहभागिता नपाउने हो भने मन्त्रिमण्डलमा नै सहभगाी हुन नसक्ने भन्ने हाम्रो निर्णय छ’ बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरे भन्छन्, ‘साथै, स्थानीय संरचनाको विषयमा सबै पार्टी सल्लाह गरेर यो विषय टुग्याउने पर्ने निर्णय पनि गरेका छौं ।’
मन्त्री बनाउनका लागि केन्द्रीय समितिले मापदण्ड बनाउनुपर्ने निर्णय गरेको जानकारी रामचन्द्र पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । बैठकमा नेता महेश आचार्य, रामशरण महतसहित नेताले पार्टी विधि र विधान चलाउनुपर्ने बताएका थिए ।
यस अघि पौडेलले आफू निकटका नेताको भेला गर्दै आएको रिगंरोडको ढुंगेधारामा पौडेल पक्षले आज बिहान तीन घण्टा छलफल गरेका थिए । मन्त्री छनोट जस्तो महत्वपूर्ण विषयमा केन्द्रीय समिति बैठक नडाकेको भन्दै केही सदस्यले सभापति देउवाको एकलौटी व्यवहारप्रति तीव्र असन्तुष्टी जनाएका थिए ।
पौडेल पक्षले कांग्रेसले पाउने १३ मन्त्रालयमध्ये कम्तिमा ५ वटामा आफ्नो पक्षका मन्त्री हुनु पर्ने माग गरेको छ ।
Comments[ 0 ]
Post a Comment