#
|
|
काठमाडौं २० साउन | नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद् चन्द्र भण्डारीले प्रधानमन्त्री के.पी शर्मा ओलीबाट सबैले पाठ सिक्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले राष्ट्रियता र स्वभिमानमा देखाएको व्यवहार साच्चीकै अनुकरणीय भएको भन्दै भण्डारीले अब बन्ने सरकारले ओलीबाट पाठ सिक्नुपर्ने बताए।
गुल्मी सम्पर्क समाज रुपन्देहीको पाँचौ अधिवेशनलाई रुपन्देहीमा सम्बोधन गर्दै सांसद् भण्डारीले विपी कोइराला र मदन भण्डारीपछि अब प्रधानमन्त्री ओलीबाट पाठ सिक्नुपर्ने बताए।
गुल्मी क्षेत्र नं. २ का सांसद् समेत रहेका भण्डारीले गुटका कारण एमाले भित्रैबाट आलोचना गरे पनि प्रधानमन्त्री ओलीले आफूलाई सफल प्रधानमन्त्रीको रुपमा उभ्याएको दाबी गरे।
Comments[ 0 ]
Post a Comment