#
|
|

गृह मन्त्रालयले लामो रुटको गाडीमा सिट क्षमताभन्दा बढी यात्रु नराख्न निर्देशन दिएको छ । क्षमता भन्दा धेरै यात्रु राख्न नदिन कडाइका साथ अनुगमन गर्न स्थानीय प्रशासन र प्रहरीलाई मन्त्रालयले निर्देशन दिएको हो ।
दुर्घटना बढ्दै गएपछि न्युनिकरण गर्न कडाइका साथ नियम लागू गर्ने मन्त्रालयले जनाएको छ । अहिले रुट परमिट नलिएको ठाउँमा पनि गाडी गुडाउने र नयाँ गाडी पिचमा र पुरानो गाडी कच्ची बाटोमा कुदाउने गरेकाले दुर्घटना बढेको मन्त्रालयको निष्कर्ष छ ।
अब पुराना गाडी कच्ची बाटोमा चलाउन नदिन र क्षमता भन्दा बढी यात्रु राखे नराखेको कडाइका साथ अनुगमन गर्न निर्देशन दिएको मन्त्रालयका प्रवक्ता यादव कोइरालाले बताउनुभयो ।
यातायात व्यवस्था ऐन अनुसार जिल्ला जिल्लामा प्रमुख जिल्ला अधिकारको अध्यक्षतामा यातायात व्यवस्थापन समिति गठन भए पनि प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा दुर्घटना बढ्दै गएको छ ।
Comments[ 0 ]
Post a Comment