#
|
|

अघिल्लो बुधबार बिहान ९ बजेर ५० मिनेट जाँदा एउटा भारतीय नम्बर प्लेटको गाडी पुल्चोकस्थित मन्त्रीक्वार्टरको गेटबाट स्वाट्ट छिर्यो। सामान्यतया हरेक सवारीको राम्रो चेकजाँच गरिने त्यो गेटमा सुरक्षाकर्मीले आफूलाई टिपाइएको गाडी नम्बर र आएको गाडीको नम्बर प्लेट मात्र रुजु गरे।
गाडीमा को-को थिए, के सामग्री भित्र्याइदैँ थियो भन्ने कुनै सोधखोज गरिएन न त त्यसमा सवारहरुको नाम, थर, वतनको टिपोट नै गरियो। यदि त्यसमा कुनै विदेशी नागरिक सवार थियो भने उसले हाम्रो नीति-निर्माता र उच्चपदस्थ व्यक्तिलाई भेट्ने एउटा विधि निर्धारण गरिएको छ र त्यहीअनुरुप औपचारिक तवरले कार्यकक्षमा भेट गर्नुपर्छ।
यस्तोमा परराष्ट्र मन्त्रालयले संजोजनकारी भूमिका निभाउने काम गर्छ। तर, त्यो दिन मन्त्रीक्वार्टर जानेलाई निजी तवरमा भेट दिइयो। सह-सचिव तहका मान्छेले हाम्रा प्रधानमन्त्रीलाफ औँला ठड्याउँदै हप्काउने गरेको त्यसै होइन रहेछ।
बिआर ०५८७५७ जि ११ नम्बरको त्यो गाडीले स्पष्ट रुपमा भन्थ्यो, भारतको बिहार प्रान्तमा दर्ता भएको हो। उक्त गाडीभित्र छिरेर सिधै गृहमन्त्री विमलेन्द्र निधिको क्वार्टरमा पुग्यो, जसमा ७-८ जना सवार थिए। तिनीहरु को हुन?
किन गृहमन्त्रीकहाँ त्यसरी व्यक्तिगत तवरले भेट्न गए? कसरी तिनले त्यस्तो मौका पाए? त्यो थाहा भएन। सिडी नम्बर प्लेट नभएकाले दुतावासको गाडी होइन भन्ने प्रस्ट छ। के उनीहरु फास्ट ट्र्याकको काम हात पार्न आएका भारतीय ठेकेदार हुन्? या, नेविसंघका महाधिवेशन प्रतिनिधि? जनताले सिंगो नेपालकै सुरक्षाको जिम्मा पाएका गृहमन्त्रीबाट यो र यस्तै प्रश्नको जवाफ पाउनुपर्छ कि पर्दैन? आजको जनआस्था साप्ताहिकमा रामकुमार रायले खबर लेखेका छन्।
Comments[ 0 ]
Post a Comment