#
|
|

काठमाडौं, १७ साउन । कुलेखानी जलविद्युत आयोजनाको कलंकी स्युचाटारस्थित सब–स्टेसनमा भीषण आगलागी भएको छ ।
काठमाडौं उपत्यकाभरि प्रसारण हुने सब(स्टेसनको १३२ केभी लाइनमा आगलागी भएको हो । जुद्ध वारुण यन्त्र काठमाडौंका प्रमुख किशोरकुमार भट्टराईका अनुसार सर्किट टुटेर आगो लागेको हुनसक्ने आशंका गरिएको छ । भट्टराईका अनुसार अहिले दुई वटा वारुण यन्त्रद्वारा आगो निभाउने प्रयत्न भइरहेको छ । तर, आगो नियन्त्रणमा आउन सकेको छैन ।
ललितपुरस्थित दमकलबाट पनि एउटा वारुण यन्त्र त्यसतर्फ प्रस्थान गरेको छ । ‘एकदमै ठूलो आगो लागेको छ, हामी निभाउने प्रयास गरिरहेका छौं,’ उनले भने ।
Comments[ 0 ]
Post a Comment