#
|
|

काठमाडौं, १४ साउन । बुढीगण्डकी जलाशययुक्त आयोजना प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा चिनियाँ कम्पनीलाई दिन प्रक्रिया अघि बढाएपछि यो विषयले बजार पिटेको छ । १२ सय मेगावाटको यो आयोजना चिनियाँ कम्पनीलई दिन प्रधानमन्त्री ओलीकै तोकआदेशमा प्रक्रिया अघि बढाइएको उर्जा मन्त्रायले जनाएको छ ।
स्वदेशी लगानीमै निर्माण गर्ने भनेर चालू वर्षमा ५ अर्ब बजेट छुट्टाइएको र सोही आयोजना निर्माणका लागि बजेट व्यवस्थापन गर्न पेट्रोलियम पदार्थमा ५ प्रतिशत करसमेत लगाइएपनि ओेलीले अचानक यस्तो प्रस्ताव गरेपछि यतिवेला नेपाली राजनीतिमा तरंग पैदा भएको भएको छ ।
बिहीबार संसदको कृषि तथा जलस्रोत समितिकोे बैठकमा ऊर्जासचिव सुमनप्रसाद शर्माले प्रधानमन्त्रीले चिनियाँ कम्पनीको तोकआदेश लगाएर मन्त्रालयलाई पठाएपछि यसबारे थप प्रक्रिया अघि बढाइएको जानकारी दिएको खबर बाहिर आईसेकेको छ ।
शर्माका अनुसार प्रधानमन्त्रीको तोक आदेशआएपछि सरकारले बुढीगण्डकी बनाउन आशय व्यक्त गर्ने कम्पनीबारे अर्थ मन्त्रालयमार्फत चिनियाँ दूतावासबाट जानकारी माग गरिसकेको छ ।
सामान्यतया उर्जा मन्त्रालयमा निवेदन गरेर प्रक्रिया अगाडि बढाउनुपर्नेमा चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर गूसप कम्पनी लिमिटेडलाई सिधैं प्रधानमन्त्री ओलीले पत्र लेख्नुलाई अर्थपूर्ण मानिएको उर्जाविज्ञहरुले जनाएका छन् ।
Comments[ 0 ]
Post a Comment