#
|
|

इलाम जिल्लाको सुर्योदय नगरपालिका स्थित त्रिब्रदर्श गाईफार्मले जिल्लामै पहिलोपटक मिल्किङ मेसिनबाट गाईको दुध दुहुन शुरु गरेको छ । सूर्योदय नगरपालिका ३ भालुखोपमा गाईफार्म सञ्चालन गर्दै आउँनुभएका विष्णुकुमार रेग्मीले पोखराबाट मिल्किङ मेसिन ल्याउँनुभएको हो ।
इटालीमा निर्मित उक्त मिल्किङ मेसिनको मल्य १ लाख अस्सी हजार पर्ने बताइएको छ । नेपाल सरकारको कृषि निर्देशनालयको सहयोगमा सो मेसिन खरिद गरिएको रेग्मीले बताउँनुभयो । विद्युतबाट सञ्चालन हुने सो स्वचालित मेसिन विद्युत नभएको बेला मेसिनमै जडित जेनेरेटरबाट सञ्चालन हुन्छ । सो जेनेरेटर पेट्रोलबाट सञ्चालन हुन्छ ।
डबल बकेट सिस्टम भएको सो मेसिनले १० मिनेटमा सिङ्गल बकेटमा १५ लिटरका दरले डबल बकेटमा गरी ३० लिटर दुध दुहुन्छ । स्वच्छ र स्वस्थ्य दुधको लागि मिल्किङ मेसिन अनिवार्य आवश्यकता भईसकेको महसुस गरि मिल्किङ मेसिन झिकाइएको रेग्मीले जानकारी दिनुभयो । मेशिनको प्रयोगपछि समय र श्रमको लागतमा समेत कमी आउने फार्म सञ्चालक रेग्मीले बताउँनुभयो ।
आफ्ना भाइहरुको समेत साझेदारीमा गाई फार्म शुरु गर्नुभएका रेग्मीको फार्मममा २४ वटा गाई छन् भने हाल ८ वटाले दुध दिईरहेका छन् । उहाँको फार्मबाट दैनिक १२० लिटरसम्म दुध उत्पादन हुने गरेको रेग्मी ब्रदर्शले सुधारिएको गोठ बनाई अत्याधुनिक तरिकाबाट गाईपालन गर्दै आउँनुभएको छ ।
Comments[ 0 ]
Post a Comment