#
|
|

नेकपा क्रान्तिकारी माओवादीमा अध्यक्ष मोहन बैद्य किरणले सरकारले सेनापरिचालन गरेर अपर कर्णाली परियोजना सुरु गरे जनताले बन्दुक उठाउने चेतावनी दिएका छन् ।
शनिबार काठमाडौंमा आयोजित माथिल्लो कर्णाली जलबिद्युत परियोजना बिषयक अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष बैद्यले कर्णाली परियोजना भारतलाई सुम्पेर सरकारले गम्भीर गल्ती गरेको भन्दै जवरजस्त कार्य सुरु गरे जनताले बन्दुक उठाउने चेतावनी दिएका हुन ।
उनले अपर कर्णाली भारतलाई सुम्पेर राष्ट्रियता बिरोधी कार्य गरेको दावी समेत गरे। आफुहरु बिकासको बिरोधी भन्ने आरोप लाग्दै आएको भन्दै उनले नेपालका ठूला आयोजनाहरुले नेपाली र नेपाल सरकारको लगानीमा निर्माण हुनुपर्ने धारणा पनि राखे।
कार्यक्रममा उपप्रधानमन्त्री चित्र वहादुर केसीले सरकारले केहि राष्ट्रबिरोधी कार्य गरेको स्वीकार गर्दे आफुले भने राष्ट्रविरोधी कार्य नगरेको धारणा राखे ।
सरकारले भारतीय कंपनी जिएमआर संग मिति २०६४ साल माघ १० गते गरेको ’अपर कर्णाली’ सम्झौता भएको थियो । ९ सय मेगावाट क्षमताको अपर कर्णाली हाइड्रोपावर नेपालको सुदूरपश्चिमाञ्चलको सुर्खेतका तीन, दैलेखका पाँच र अछामका दुई गरी १० ओटा गाविसमा निर्माण हुन लागेको हो ।
Comments[ 0 ]
Post a Comment