#
|
|

नेकपा माओवादी केन्द्रका नेता गोपाल किरातीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय कांग्रेस आईका दलालको संज्ञा दिएका छन्।
नेकपा (माओवादी केन्द्र) पोलिटब्युरो बैठक र केन्द्रीय कार्यालय बैठकको निर्णय अनुसार सरकारलाई दिएको समर्थन फिर्ता गरेर पार्टीलाई स्वतन्त्र राजनीतिक हैसियत दिलाउने सफलता हासिल गरेको लेख्दै फेसबुक स्टाटस मार्फत किरातीले प्रचण्डलाई बधाई समेत दिएका छन्।
यस्तो छ किरातीको फेसबुक स्टाटस:
बधाई छ, क.प्रचण्डलाई
नेकपा (माओवादी केन्द्र) पोलिटब्युरो बैठक र केन्द्रीय कार्यालय बैठकको निर्णय अनुसार १२ जुलाई २०१६ (२८ असार ०७३)मा शान्ति प्रक्रिया, भूकम्प पुननिर्माण, संघीय गठबन्धनको माग सम्बोधनगरी संविधान कार्यान्वयन तथा छिमेकी सम्बन्ध सन्तुलन गर्न नसक्ने खड्ग ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता गरेर पार्टीलाई स्वतन्त्र राजनीतिक हैसियत दिलाउने सफलता हासिल गर्नुभएकोमा अध्यक्ष क.प्रचण्डलाई हार्दिक बधाइ तथा लालसलाम ।
खड्ग ओली खासगरी भारतीय कांग्रेस आईका दलाल रहेछन् । कांग्रेस आई र भाजपाका नरेन्द्र मोदीबीच द्वन्द्वमा ओलीले कांग्रेस आईको दलाली गर्दा मोदीसँग द्वन्द्व बढायो, नेपाली जनतालाई कष्ट भोगायो । साथसाथै ओलीद्वारा नियुक्त मुसा जत्रा पुननिर्माण प्राधिकरण कार्यकारीले पुन निर्माण कार्यको सबै जिम्मा अमेरिकी तथा युरोपेली गैरसरकारी संस्थालाई सुम्पेको हुदा खड्ग ओली विदेशी कठपुतली प्रमाणित भए । यस्तो गद्दारले राष्ट्रवादको नारा दिनु अझ घातक छ ।
नेपालमा राष्ट्रवादी त्यो मात्र हो, जसले आन्तरिक राष्ट्रियतालाई मजबुद पार्दछ । अत थारु—मधेसी विरुद्ध विष बमन गर्दै दमन गर्ने खड्ग ओली किमार्थ नेपालमा राष्ट्रवादी थिएनन भन्ने प्रष्ट भएको छ ।
चीनसँगको सम्झौता प्रचण्डकै पालामा तयार थियो । भारतीय हेपाइ विरुद्धको संघर्ष र चिनिया सौहाद्र्रताका आधारमा माओवादी पार्टीकै सहयोगबाट उनले त्यो जस लिने मौका भने पाएको तथ्यलाई देशको माया गर्ने नेपालीले ख्याल गर्नुपर्छ ।
Comments[ 0 ]
Post a Comment