#
|
|

रुसको चर्चित सञ्चार माध्यम स्पुतनिक न्यूजले नेपालमा हुन लागेको सरकार परिवर्तनमा भारतको भूमिका रहेको तर अव चीनको प्रभाव पनि नघट्ने भन्दै हेडलाइन समाचार प्रकाशित गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमनले भारतलाई केही खेल्ने ठाउँ प्राप्त भएपनि अव चीन पनि आफूले दुःखले प्राप्त गरेको प्रभाव गुमाउने पक्षमा नरहेको स्पुतनिकको अनलाइन संस्करणले जनाएको छ ।
चीन निकट मानिएका ओलीले भारत निकटका नेतालाई सरकारमा आउने बाटो खोलेको जनाउँदै उक्त समाचार माध्यमले नेपालमा सरकार परिवर्तन भारतले नै गराएको समेत भनिएको छ ।
सरकार भारतले ढालेपनि नेपालमा पैदा हुने अस्थिरताका कारण चीनलाई पनि आफ्नो प्रभाव विस्तार गर्न र समर्थकहरु बढाउन स्पेस पैदा हुने स्पुतनिकको निष्कर्ष छ ।
नेपालमा पैदा भएको नयाँ वास्तविकताबारे भारतले बुझ्नु पर्ने भन्दै उक्त समाचार माध्यमले नयाँ सरकार भारत निकट नै भएपनि चीनसँगको ब्यापारिक साझेदारीमा भारतका चिन्ता समाधान नहुने भनेको छ ।
प्रचण्ड भारत निकट रहेपनि उनको सम्बन्ध चीनसँग पनि राम्रो रहेका कारण चीनले प्रचण्डलाई आफ्नो प्रभाव कायम राख्न उपयोग गर्ने स्पतनिकको निष्कर्ष देखिन्छ । नेपालमा भारत भन्दा चीनप्रति जनताको धारणा सकारात्मक रहेको समेत स्पुतनिकले लेखेको छ ।
Comments[ 0 ]
Post a Comment