#
|
|
पछिल्लो पुस्ता स्मार्टफोन बिना एक मिनेट पनि बस्न सक्दैन । आफ्नो फोन सुत्ने बेला देखि बाथरुम जाँदा पनि सँगै राख्ने तपाइँ मात्र एक्लो ब्यक्ति होइन ।
मोबाइल विना एकछिन पनि बस्न कठिन हुन्छ पछिल्लो पुस्तालाई । तपाइँ पनि बाथरुममा फोन चलाएर बस्नु हुन्छ ? हो भने अव देखि त्यसो नगर्नुस् ।
बाथरुममा सबैभन्दा बढी संक्रमण
बाथरुम सबैभन्दा किटाणु हुने स्थाान हो । बाथरुम चिसो भैरहने हुँदा यहाँ विभिन्न किसिमका किटाणुहरु सक्रिय रहन्छन् । किटाणु नै किटाणु हुने बाथरुममा फोन लिएर जानु स्वास्थ्यका लागि हानिकारक रहेको विज्ञहरुले बताएका छन् ।
बाथरुममा मोबाइल खस्यो भने यस्तो खतरा अझै बढी हुने पछिल्लो पटक गरिएको अध्यनले जनाएको छ । बाथरुममा हामीलाई विरामी पार्न सक्ने विभिन्न प्रकारका ब्याक्टेरिया हुने भएका कारण मोबाइलमा किटाणु संक्रमण हुने र बोल्दा फोन मुख सम्म पुग्ने हुँदा त्यस्ता किटाणु कान वा मुखबाट शरीरमा प्रवेश गर्न सक्ने हुन्छ ।
बाथरुममा गैसकेपछि हामीले हात धुने भएपनि मोबाइल धुन मिल्दैन । यस कारण बाथरुम जाँदा मोबाइल नलगेकै राम्रो हुने विज्ञहरुको सुझाव छ ।
Comments[ 0 ]
Post a Comment